१४ चैत्र २०८१, शुक्रबार
ताजा खबर

बैंकहरुको निक्षेप एक खर्ब ४१ अर्बले बढ्यो

नागरिक पोष्ट

सोमबार, २३ पुष २०८०

12802 views

12802 views

बैंकहरुको निक्षेप एक खर्ब ४१ अर्बले बढ्यो

काठमाडौं । विगत डेढ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप एक खर्ब ४१ अर्ब रूपैयाँ बढेको छ भने कर्जा लगानी भने ५६ अर्ब रूपैयाँ मात्र बढेको छ। केन्द्रीय बैंकको तथ्यांक अनुसार गत मंसिर ५ गते बैंकहरूमा ५९ खर्ब ३५ अर्ब रूपैयाँ निक्षेप थियो। पुस १९ गते बैंकहरूमा निक्षेप ६० खर्ब ७६ अर्ब रूपैयाँ पुगेको छ। त्यस्तै कर्जा लगानी ४९ खर्ब ७६ अर्ब रूपैयाँबाट बढेर ५० खर्ब ३२ अर्ब रूपैयाँ पुगेको छ। बैंकहरूसँग अझै पनि करिब ६ खर्ब चार अर्ब रूपैयाँ बराबर रकम कर्जा लगानीका लागि छ।

बैंकहरूले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने भए पनि हाल ८०.०५ प्रतिशत बराबर मात्रै कर्जा लगानी गरेका छन्। बैंकहरूले पुस मसान्तपछि दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने समय भएकाले पनि उनीहरूले कर्जा लगानीभन्दा खराब कर्जा असुलीलाई प्राथमिकतामा राखिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?