१७ चैत्र २०८१, सोमबार
ताजा खबर

तीनकुनेमा प्रदर्शनकारीलाई गोली लाग्यो, प्रहरीको टाउकोमा चोट

नागरिक पोष्ट

शुक्रबार, १४ चैत्र २०८१

2551 views

2551 views

तीनकुनेमा प्रदर्शनकारीलाई गोली लाग्यो, प्रहरीको टाउकोमा चोट

काठमाडौं १५ चैत्र । राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरिरहेको प्रदर्शनमा एक प्रदर्शनकारीलाई गोली लागेको छ ।

प्रहरीले हानेको रबर गोलीले घाइते भएका प्रदर्शनकारीलाई कान्तिपुर अस्पतालमा भर्ना गरिएको छ ।

तीनकुने कै प्रदर्शनमा एक महिला सशस्त्र प्रहरीको टाउको फुटेको छ । प्रदर्शनकारीले गरेको आक्रमणमा परेर ती सशस्त्र प्रहरी महिलाको टाउको फुटेको हो ।

सोही क्रममा झडपका क्रममा ७ जना सशस्त्र प्रहरी घाइते भएको तीनकुनेमा रहेका नेपाल न्यूज बैंकका प्रतिनिधि सरोज शाहीले जानकारी दिए । उनीहरुलाई पनि कान्तिपुर अस्पतालमा भर्ना गरिएको छ । राजावादी समूहको प्रदर्शन उग्र बनेपछि तीनकुने क्षेत्र तनावग्रस्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?