सोमबार, १७ चैत्र २०८१
3792 views
3792 views
काठमाडाैं, १८ चैत्र । नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड कायम गर्दै सोमबार एक लाख ७७ हजार नौ सय रूपैयाँमा कारोबार भएको छ। यसले अघिल्लो रेकर्डभन्दा एक हजार एक सय रूपैयाँको वृद्धि गरेको छ।
रविवार, सुनको मूल्य एक लाख ७६ हजार आठ सय रूपैयाँ पुगेको थियो। यसको निरन्तर वृद्धि आगामी दिनमा पनि जारी रहने अपेक्षा गरिएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि सोमबार बढेर प्रतितोला एक हजार नौ सय ३५ रूपैयाँमा कारोबार भएको छ, जसले अघिल्लो दिनको तुलनामा १० रूपैयाँको वृद्धि दर्शाउँछ।