२८ फाल्गुन २०८१, बुधबार
ताजा खबर

रङ्गहरुको पर्व होली – उत्सवको रमझम र  फेसियल हाउसको  फोटो शुट

नागरिक पोष्ट

बुधबार, २८ फाल्गुन २०८१

5594 views

5594 views

रङ्गहरुको पर्व होली – उत्सवको रमझम र  फेसियल हाउसको  फोटो शुट

काठमाडौं । नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसले  नेपालीले मनाउने विभिन्न चाडपर्वमध्ये फागुपूर्णिमा अर्थात्  रङ्गहरूको  पर्व भनेर चिनिने होलीलाई लक्षित गरी "होली  थिम " मा रङ्गसँग रंगिएर आकर्षक फोटो सुट गरेको छ ।


विभिन्न चाडपर्वहरूको थिममा फोटो सुट र अन्य कार्यक्रमहरू गर्दै नेपालको मौलिक कला र संस्कृति संरक्षणमा अग्रसर रहँदै आएको फेसियल हाउसले यो वर्ष पनि "होली  थिम " मा  फोटो सुट गरेको हो ।


 होली पर्वले सांस्कृतिक महत्व बोकेकै छ, साथीभाइ, आफन्त र एकअर्काबीच मेलमिलाप र सामाजिक सद्भाव कायम गर्न पनि अत्यन्तै ठूलो सघाउ पुर्याउँदछ ।आफ्नो ब्यवसाय संगसंगै  होली
स्वरुपमा फोटो सुट गरिएको र सो कार्यलाई सबैले प्रसंशा गरेको वरिष्ठ सौन्दर्यविद् एवम् फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले बताइन् ।

फेसियल हाउसबारे: 

काठमाडौं मलको चौथो तलामा प्रमुख कार्यालय (सर्भिस सेन्टर) रहेको फेसियल हाउसले काठमाडौंकै चाबहिलस्थित केएल टावर, पोखरा, सुर्खेत, धनगढी, नेपालगञ्ज र चितवनमा शाखासहित सेवा विस्तार गरेको छ भने अन्य केही सहरमा फेसियल हाउसको ब्राण्डमा सेवा प्रवाह भइरहेको छ । फेसियल हाउसले ब्युटीसम्बन्धी तालिम दिनाका साथै हेयर, फेससम्बन्धी समस्या, मेकअप, माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन जस्ता थुप्रै सेवा दिँदै आएको छ ।

यसैगरी, नेपालीहरूको छाला र कपाललाई मध्यनजर गर्दै चीन, कोरिया, मलेसिया, थाइल्यान्ड र कोरियाको कम्पनीहरूसँग सहकार्य गरेर हर्वल ब्युटी, हेयर कस्मेटिक होलसेल तथा रिटेल सेवा पनि फेसियल हाउसले दिँदै आएको छ । केही समयभित्र नेपालमा नै हर्वल कस्मेटिक उत्पादन गर्ने लक्ष्य राखेको फेसियल हाउसले नेपालको नम्बर वान ब्युटी सलुनको अवार्ड समेत पाइसकेको छ ।

नेपालमा नयाँ सौन्दर्य प्रविधिहरू भित्र्याएर सेवालाई उत्कृष्ट बनाउँदै आएको फेसियल हाउसले हेयर, ब्युटी र स्किन केयरसँगै कृत्रिम परेला प्रत्यारोपण, डेडलक जस्ता नयाँ पुस्तामा प्रचलित थुप्रै गुणस्तरीय सेवाहरू दिँदै आएको छ । यसैगरी, हङकङको प्रडक्टबाट फेसियल सेवा प्रदान गर्दै आइरहेको छ । फेसनेबल कलरहरू प्रयोग गर्ने फेसियल हाउसले चायाँपोतोको उपचार पनि सरल विधिबाट गर्दै आइरहेको छ ।

सौन्दर्यसम्बन्धी सेवामा मात्र सीमित नभई फेसियल हाउसले फेसियल हाउस अफ कस्मेटिक, फेसियल हाउस ब्युटी एकेडेमी र फेसियल हाउस इन्टरटेन्मेन्टबाट पनि आफूलाई विस्तारित र बहुआयामिक बनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?