२८ फाल्गुन २०८१, बुधबार
ताजा खबर

पिएसजीसँग पराजित भएसँगै च्याम्पियन्स लिगबाट बाहिरियो लिभरपुल

नागरिक पोष्ट

बुधबार, २८ फाल्गुन २०८१

205 views

205 views

पिएसजीसँग पराजित भएसँगै च्याम्पियन्स लिगबाट बाहिरियो लिभरपुल

काठमाडौं । च्याम्पियन्स लिगको पहिलो चरणमा सनसनीपूर्ण प्रदर्शन गरेको लिभरपुललाई पिएसजीसँगको खेलमा ठुलो धक्का लागेको छ।

दोस्रो चरणको पहिलो लेगमा १-० को अवे जित हात पारेको लिभरपुल मंगलबार भएको दोस्रो चरणको दोस्रो लेगमा पिएसजीसँग घरेलु भूमिमै पराजित भएको हो।

खेलको अवधिभर बराबरी पछि भएको पेनाल्टी सुट आउटमा पिएसजीले लिभरपुललाई ४–१ ले हराउँदै क्वार्टरफाइनलको यात्रा तय गरेको छ।

पिएसजीका लागि १२ औँ मिनेटमा ओसामाने डम्बालेले गोल गरेका थिए। अघिल्लो खेलमा लिभरपुल १–० ले विजयी भएको थियो भने गएराति पिएजीले १–० को जित निकाल्यो। दुवै लेगमा गरेर दुई टिमले बराबरी नतिजा निकालेपछि खेल पेनाल्टी सुटआउटमा गएको हो।

 

पेनाल्टी सुट आउटमा पिएसजीको जितमा गोलरक्षक जियान लुइगी डोनरुमा नायक भए।

उनले डारविन नुनेज र क्रिस्चयन जोन्सको पेनाल्टी प्रहार बचाए। पिएसजीका लागि डिजाइर डाउले विजयी गोल प्रहार गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?