२८ फाल्गुन २०८१, बुधबार
ताजा खबर

प्रधानमन्त्री कप : आज सुदूरपश्चिम र आर्मी तथा कोशी र पुलिस भिड्ने

नागरिक पोष्ट

बुधबार, २८ फाल्गुन २०८१

205 views

205 views

प्रधानमन्त्री कप : आज सुदूरपश्चिम र आर्मी तथा कोशी र पुलिस भिड्ने

काठमाडौं ।  लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।

आज सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लब तथा कोशी प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल बिहान ९ बजे सुरु हुने छन् ।

सुदूरपश्चिम र आर्मीको खेल भैरहवास्थित सिद्धार्थनगर रङ्गशालामा हुनेछ । जारी प्रतियोगितामा आर्मीले आफ्नो पहिलो खेल जितेको छ भने सुदूरपश्चिमले दुईमध्ये एकमा जित र एकमा हार बेहोरेको छ । आर्मीले आज आफ्नो दोस्रो खेल खेल्दैछ ।

यस्तै, कोशी प्रदेश र नेपाल पुलिसबीचको खेल एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम तिलोत्तमामा हुनेछ । अहिलेसम्मका खेलमा कोशी प्रदेशले आफ्ना दुवै खेलमा हार बेहोरेको छ भने नेपाल पुलिस क्लबले आफ्नो पहिलो खेल जितेको छ । पुलिसले आज दोस्रो खेल खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?