२९ माघ २०८१, मंगलवार
ताजा खबर

कृषि विकास बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम

नागरिक पोष्ट

मंगलवार, २२ आश्विन २०८१

8552 views

8552 views

कृषि विकास बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम

काठमाडौं । कृषि विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । बैंकले रक्षा नेपालमा आश्रित रहेका छोरीहरूलाई नियमित सेवन गर्ने भोजनको सहजताको निम्ति खाद्यान्न सामग्रीहरु वितरण गरिएको हो ।

रक्षा नेपालमा आश्रित रहेका करिब ९० जना छोरीहरुको नियमित भोजनको लागी आवश्यक पर्ने दाल,चामल,नुन,तेल,मसला लगायत को खाद्यान्न सामग्री कृषि विकास बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको सहयोगबाट उक्त सामग्रीहरू वितरण गरिएको हो । 


कार्यक्रममा वरिष्ठ शाखा प्रमख सुरेश थापा,वरिष्ठ शाखा रिद्धी ठाकुर,झमक प्रसाद भट्ट,लाईभ नेपाल नेटवर्कका अध्यक्ष तथा युवासमाजसेवी पुष्कर राज पाण्डे लगायतको उपस्थित रहेको थियो । कार्यक्रममा वरिष्ठ शाखा प्रमुख सुरेश थापाले बैंकले व्यावसायिक गतिविधि सँगसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा संस्कृतिक संरक्षण सम्बन्धी परोपकारी कार्य गर्दै आईरहेको र आगामी दिनमा सम्पूर्ण बैकिङ सुविधा सहितको घर आँगनको बैंकको रुपमा यस्ता कार्यक्रमलाई निरन्तरता दिंदै साझा सम्वृद्धिका लागि सबैको रोजाईको बैंक बन्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा रक्षा सेभ होमको मेनेजर गोमाले कृषि विकास बैंकलाई यस सामाजिक सहयोगको निम्ति धन्यवाद व्यक्त गर्दै रक्षा नेपालले यौन शोषणमा परेका बालिका, महिला र उनीहरुका बालबालिका, विशेष गरी बेचबिखन र यौन हिंसाको जोखिममा परेका बालबालिकाको सुरक्षाका लागि कानुनी सहयोग एक आत्मनिर्भरको प्रयास गर्दै आएको बताईन् । त्यती मात्र होईन यस संस्थाको विभिन्न जिल्लामा यसको शाखा रहेको र यसको मुख्य लक्ष्य महिला र युवतीहरूलाई उनीहरूको ज्ञान, चेतना र सामाजिक आर्थिक स्थिति बढाएर बेचबिखन र यौन हिंसाबाट बचाउनुे रहेको बताईन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?