३० फाल्गुन २०८१, शुक्रबार
ताजा खबर

ट्रम्प प्रशासनले अवैध आप्रवासनविरुद्धको कडा नीति लागू गर्दै १,३६५ जना नेपालीलाई अमेरिकाबाट निष्कासन गर्ने

नागरिक पोष्ट

बुधबार, १६ माघ २०८१

2279 views

2279 views

ट्रम्प प्रशासनले अवैध आप्रवासनविरुद्धको कडा नीति लागू गर्दै १,३६५ जना नेपालीलाई अमेरिकाबाट निष्कासन गर्ने

काठमाडाैं, १६ माघ । ट्रम्प प्रशासनले अवैध आप्रवासनविरुद्ध कडा नीति अपनाउँदै अमेरिकाबाट १,३६५ जना नेपालीलाई निष्कासन गर्ने निर्णय गरेको छ । अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालसहित विभिन्न देशका लाखौं आप्रवासी निष्कासनको सूचीमा परेका छन् ।

अमेरिकामा राष्ट्रपति पदमा आएसँगै ट्रम्पले अवैध आप्रवासीलाई देश निकाला गर्ने अभियानलाई तीव्रता दिएका छन् । यसअघि नै ट्रम्पले अवैध आप्रवासनविरुद्ध कडा कानून बनाउने र अवैध आप्रवासीलाई देश निकाला गर्ने प्रतिबद्धता जनाएका थिए । उनले शपथ ग्रहणलगत्तै यस सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

निष्कासन हुनेमा सबैभन्दा धेरै होन्डुरस, ग्वाटेमाला, मेक्सिको र एल साल्भाडोरका नागरिक छन् । यसबाहेक चीन र भारतका नागरिक पनि उल्लेख्य संख्यामा निष्कासन हुने आशंका गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?