बिहीबार, २९ फाल्गुन २०८१
783 views
783 views
काठमाडौं । दोस्रो चरणको दोस्रो लेगमा क्लब ब्रुगलाई ३-० ले हराउँदै अस्टन भिल्ला च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
पहिलो लेगमा अस्टन भिल्ला ३–१ ले विजयी भएको थियो। क्वार्टरफाइनलमा भिल्लाले पिएसजीको सामना गर्ने छ।
गोल रहित बराबरीमा पहिलो हाफ सकिएको सो खेलको दोस्रो हाफमा मार्क एसेन्सियोले दुई गोल गरे। ५० औँ मिनेटमा पहिलो गोल गरेका उनले ११ मिनेटपछि नै अर्को गोल गरेका थिए।
यस बीचमा इयान म्याटसनले गोल गरे।
अस्टन भिल्लाका प्रशिक्षक एमेरी र एसेन्सियो दुवै पिएसजीबाट अस्टनभिल्ला पुगेका हुन्।