२३ माघ २०८१, बुधबार
ताजा खबर

महिला टी-२० आई शृंखलामा नेपालले थाइल्याण्डसँग खेल्दै, जित्नैपर्ने दबाबमा

नागरिक पोष्ट

मंगलवार, २२ माघ २०८१

953 views

953 views

महिला टी-२० आई शृंखलामा नेपालले थाइल्याण्डसँग खेल्दै, जित्नैपर्ने दबाबमा

काठमाडौं । काठमाडौंमा जारी महिला टी-२०आई शृंखलाको आफ्नो चौथो खेलमा नेपालले मंगलबार थाइल्याण्डसँग खेल्दै छ ।

खेल दिउँसो सवा १२ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू हुँदैछ। नेपालको कप्तानमा इन्दु बर्मा छन् भने थाइल्याण्डको कप्तानमा नारुमोल चाइवाइ छन् ।

पछिल्ला तीनवटै खेलमा पराजित भएको नेपाल ,यस खेलमा पराजित भएमा शृंखला जित्ने सम्भावना सकिनेछ ।

महिला टी-२०आई वरियतामा थाइल्याण्ड १३औं स्थानमा छ भने नेपाल २०औं स्थानमा छ । थाइल्याण्ड महिला विश्‍वकप पनि खेलिसकेको टोली हो ।

शृंखलामा सबै टोलीले एक अर्कासँग ३-३ खेल खेल्ने छन् । नेपालले यसपछि माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा थाइल्याण्डसँग खेल्ने छ ।

फाइनल नहुने भएकाले सबै खेल सकिँदासम्म धेरै खेल जितेर उच्च अंक हासिल गर्ने टिम श्रृंखलाको विजेता बन्ने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?