७ चैत्र २०८१, शुक्रबार
ताजा खबर

पूर्वराष्ट्रपति भण्डारीबाट फागुपूर्णिमाको शुभकामना

नागरिक पोष्ट

बिहीबार, २९ फाल्गुन २०८१

749 views

749 views

पूर्वराष्ट्रपति भण्डारीबाट फागुपूर्णिमाको शुभकामना

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशविदेशमा रहेका सम्पूर्ण नेपालीप्रति फागुपूर्णिमाको हार्दिक शुभकामना व्यक्त गरेकी छिन् ।

सामाजिक सञ्जाल एक्सबाट शुभकामना व्यक्त गर्दै उनले फागुपूर्णिमालगायत पर्वबाट आपसी सद्भाव र राष्ट्रिय प्रेमलाई अझ प्रगाढ बढाउने बताएकी छिन् ।


‘वसन्त ऋतुको मौसममा मनाइने रङहरूको पर्व फागुपूर्णिमा (होली)को अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक मङ्गलमय शुभकामना बच्चादेखि वृद्ध हरेक उमेर समूहले हर्षोल्लासका साथ मनाउने यो पर्वले सबैको जीवनमा आनन्द र खुसीको रङ भर्दै आपसी सद्भाव र राष्ट्रिय प्रेमलाई अझै प्रगाढ बनाउनेछ भन्ने मेरो विश्वास छ’, भण्डारीले भनेकी छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?