बिहीबार, २७ भाद्र २०८१
4846 views
4846 views
काठमाडौं, भाद्र २७ । ग्लोबल ग्ल्यामर भेन्चरद्वारा आयोजित ॥।मिस युनिभर्स नेपाल २०२४’ को ताज सम्पदा घिमिरेले जितेकी छिन्। यो विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्सको पाचौं नेपाली संस्करण हो । २२ प्रतियोगीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन्। अमेरिकी कम्पनीका लागि डिजिटल मार्केटिबको काम पनि गर्दै आएकी सम्पदा मोडलिब पनि गर्दै आएकी छन्। ठूला सपना देख्न र मेहनत गर्ने कुरामा विश्वास गर्ने उनी पशु प्रेमी र वन्यजन्तु संरक्षणको लागि वकालत गर्छिन्। उनले आगामी नोभेम्बरमा मेक्सिकोमा आयोजना हुने ॥।मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
हिजो साँझ ललितपुरको गोदावरी कन्भेन्सन सेन्टरमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा पहिलो रनरअप स्मृति सिंह, दोस्रो रनरअप अक्षिता क्षेत्री, तेस्रो रनरअप करेन मुर्रे र चौथो रनर अप सुजल बम भए । प्रतियोगीतालाई नेसनल कोरियोग्राफर दिक्पाल कार्कीले कोरियोग्राफी गर्नुभएको थियो भने निणर्ायक मण्डलमा गोल्डस्टारका कार्यकारी निर्देशक विदुषी राणा, शिवम सिमेन्टका अध्यक्ष गौरव गोयल र समिक्षा श्रद्धा सांघाइ, पुर्व मिस नेपाल इशानी श्रेष्ठ, पूर्व मिस युनिभर्स सोफिया भुजेल, अन्नपूणर् मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, नेतृ डिना उपाध्यायको सहभागिता रहेको थियो ।
कार्यक्रममा अरु विभिन्न उपशीर्षकमा विजेता पनि छानिएको थियो । करेन मुर्रेले हिल्टन मिस एलिगेन्स, स्मृति सिंहले टिभिएस्मिस स्मार्ट, समृद्धि केसीले वाउ मिस फ्री एण्ड फियरलेस, श्रेयङ्का थापाले ग्लोबल आएमई मिस इको फ्रेन्ड्ली, करेन मुर्रेले डिकस्मो मिस द मोस्ट ब्युटिफुल स्किन त्यस्तै गरी स्मृति सिंहले एक्स एज मिस फोटोजेनिक, अस्मि ढकालले मिस मल्टीमिडिया र रेनाता कट्टेलले मिस फ्रेन्ड्ली उपाधि जित्न सफल भएका छन् ।