मंगलवार, २५ भाद्र २०८१
7719 views
7719 views
काठमाडौं । संयुक्त क्रियाशिल समाज नेपालको आयोजनामा काठमाण्डौँको डल्लुमा तिजको दर खाने कार्यक्रम सम्पन्न भएको छ । हरितालिका तीज २०८१ को पावन अवसरमा शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम संस्थाले गत भदौ १५ गते शनिबार भव्यताका साथ सम्पन्न गरेको हो।
संयुक्त क्रियाशिल समाज नेपाल साझा संस्थाको रुपमा विगत लामो समय देखि स्थापित संस्था हो । यस संस्थाले समाजमा विभिन्न किसिमका कार्यहरु स्थापना काल देखिनै गर्दे आएको संस्थाको अध्यक्ष इन्दु शाक्यले बताउनुभयो । त्यती मात्र होईन वर्ष दिनमा एक पटक भेला भएर महिलाहरुले आफ्ना दुःख सुख र भावना साटासाट गर्ने रुपमा पनि तिज पर्वलाई लिईने गरेको अध्यक्ष इन्दु बताउनुु हुन्छ त्यसैले पनि यस पर्व विशेष रहेको उहाँको भनाई छ। कुनै पनि संस्था सञ्चालन गर्नका लागी आर्थिक पक्षको महत्वपुर्ण भुमिका रहेको हुनाले यस तीज दर कार्यक्रमको अवसरमा यस संस्थाको अक्षयकोष स्थापना गर्ने घोषण सँगै अध्यक्ष स्वयमले रु एघार हजार एक सय अक्षय कोषमा हस्तान्तरण गर्ने घोषण गर्नु भयो । साथै उहाँले सबै उपस्थित दिदबिहिनी तथा दाजभार्यहरुलाई अक्षय कोषमा रकम जम्मा गर्न अपिल समेट गर्नु भयो । अपिल लगतै केही रकमहरु अक्षयकोष्मा जम्मा समेत भएको छ ।
सो कार्यक्रम डल्लुको एक विद्यालय प्रारगंनमा भव्य र सभ्य समारोहबीच सु सम्पन्न भएको हो। कार्यक्रममा नेपाल विुधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिगंको प्रमुख आतिथ्यता रहेको थियो। उहाँले हिन्दु नारिहरुको महान पर्वका रुपमा मनाईदै आएको तिज पर्वमा विषेश गरेर अविवाहित महिला हरुले राम्रो पति पाउनका लागि र विवाहित महिलाले पतिको दिर्घायुका लागि कामना गर्ने पर्वको रुपमा तिजलाई मनाउने गरिन्छ । त्यति मात्र नभएर यस पर्व हाम्रो धर्म र संस्कृतिसँग जोडिएकोले यसलाई बचाउनुपर्ने र विश्वमाझमा चिनाउनुपर्नेमा जोड दिनु भयो । तर पछिल्लो समयमा पर्व मनाउने वहानामा विकृती पनि बढ्दै गईरहेकोले त्यसलाई न्युनिकरण गर्नु पर्ने बताउदै संस्थाले गरेको राम्रो कामको लागी आफ्नो तर्फबाट सधै सहयोग हुने बताउनु भयो ।
त्यस्तै, विशेष अतिथि काठमाडौँ महानगरपालिका वडा नं। १५ का वडा अध्यक्ष ईश्वरमान डंगोलले महिलाहरूले आफूले प्राप्त हक र अधिकारलाई सुनिश्चित गर्दै आफ्नो कर्तव्यलाई भुल्न नहुने धारणा राख्दै आफ्नो घरपरिवारलाई सुन्दर पार्ने कार्यमा हामी महिलाहरूको हात सदैव अब्बल रहनुपर्नेमा जोड दिनुभयो । त्यती मात्र होईन हाम्रो धर्म संस्कार र संस्कृतिलाई टेवा पु¥याउने खालका कार्यहरूमा सामुहिक एकता र मित्रताका हात अघि सार्दै जुट्न सम्पूर्ण वडावासीहरूलाई अनुरोध गर्नुभयो । साथै उहाँले हाम्रा चाडपर्व र संस्कृतिलाई जगर्ने गर्नका लागि वडा सदैव स्थानीय संघसंस्थाहरूसँग हातेमालो गर्न तयार रहेको समेत धारणा राख्नुभयो ।
कार्यक्रममा काठमाण्डौँ महानगरपालिका वडा नं. १५ का सम्पुर्ण जनप्रतिनिधि,समाजसेवी,संस्थाका सम्पुर्ण पदाधिकारी,प्रतिनिधि सभासदस्य विराम भक्त श्रेष्ठ,पुर्व मन्त्री जिवनराम श्रेष्ठ,स्वयम्भुप्रहरी बृतका प्रमुख प्रहरी नायव उपरिक्षक पूर्णिमा कुमारी चन्द,समाजसेवीगोविन्द भुशाल,केदार धमला,तारा रानाभाट,जिवन डंगोल,राजा शाक्य,आईसिटी पत्रकार विकास मञ्चका संस्थापक अध्यक्ष लगायत सदस्यहरु,विभिन्न सघंसस्थाका व्यक्तिहरु,पत्रकारहरु लगायतको उल्लेखनीय उपस्थित रहेको थियो ।
कार्यक्रम अवधिभर सबै महिला दिदीबहीनी लगायत सहभागीहरुले सामुहिकरुपमा नाजगान गर्दै रमाइलो गर्नु भएको थियो। लगभग २०० जना भन्दा बढी चेलिहरुको सहभागिता रहेको कार्यक्रमको संचालन अम्बिका गिरी र सर्जु तुलाधरलले गर्नु भएको थियोे ।