१९ चैत्र २०८१, बुधबार
ताजा खबर

किन भेट्दैछन् लामिछानेले सभामुख घिमिरेलाई ?

नागरिक पोष्ट

मंगलवार, १८ चैत्र २०८१

2568 views

2568 views

किन भेट्दैछन् लामिछानेले सभामुख घिमिरेलाई ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेलाई भेट्ने भएका छन् ।

सभामुख घिमिरेलाई भेट्न लामिछाने बिहान १० बजे सभामुखको कार्यालय सिंहदरबार जाने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।


सभामुखसँगकाे भेटमा सभापति लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवाका लागि आग्रह गर्ने बुझिएको छ ।

यसअघि रास्वपाले सभापति लामिछानेको निलम्बन फुकुवाका लागि सभामुखलाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।


सहकारी ठगी प्रकरणमा छानविन सुरु भएपछि पार्टी सभापतिको जिम्मेवारीबाट अलग भएर डीपी अर्याललाई कार्यवाहक दिएका लामिछाने सोमबारको बैठकमा सभापतिको हैसियतमा उपस्थित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?