१९ चैत्र २०८१, बुधबार
ताजा खबर

राजावादी आन्दोलनमा घाइते खत्रीलाई न्याय माग्दै विद्यार्थी सडकमा

नागरिक पोष्ट

मंगलवार, १८ चैत्र २०८१

3112 views

3112 views

राजावादी आन्दोलनमा घाइते खत्रीलाई न्याय माग्दै विद्यार्थी सडकमा

काठमाडौं । राजावादी पक्षधरको आन्दोलनमा गोली लागेर घाइते भएका रेविका खत्रीको लागि न्याय माग्दै कोटेश्वर क्याम्पसका विद्यार्थीको प्रदर्शन गरेका छन् ।

चैत १५ गते भएको राजावादी पक्षधरको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर कोटेश्वर बहुमुखी क्याम्पसका बिबिएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी रेविका खत्रीको न्याय माग्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

खत्रीको १५ गतेको आन्दोलनमा आफ्नै निवास नजिक गोली लागेको हाल अस्पतालमा आइसीयुमा उपचार भइरहेको छ ।

उनको न्यायको लागि र दोषीलाई कडाभन्दा कडाइ कारबाही माग राखी कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीहरूले आज प्रदर्शन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?