१९ चैत्र २०८१, बुधबार
ताजा खबर

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

नागरिक पोष्ट

मंगलवार, १८ चैत्र २०८१

2296 views

2296 views

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमणमा गएपछि उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको छ ।

प्रधानमन्त्री ओली बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन मंगलबार थाइल्याण्ड प्रस्थान गरेपछि उपप्रधानमन्त्री सिंहलाई कार्यबाहकको जिम्मेवारी तोकिएको हो ।

प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री सिंहलाई तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?