सोमबार, १० चैत्र २०८१
3928 views
3928 views
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको हो।
यसअघि आइतबार पनि सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको थियो । गत शुक्रबार सुन तोलामा १ हजार रुपैयाँले घटेको थियो ।
आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।