मंगलवार, ११ चैत्र २०८१
307 views
307 views
काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काको राजीनामा माग गर्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सोमबारदेखि पदबाट हटाउने सरकारी निर्णयको विरोध गर्दै उनीहरू सिंहदरबार घेर्न पुगेका थिए ।
ऊर्जामन्त्री खड्कालाई पदमुक्त गर्नुपर्ने भन्दै नेकपा बहुमतका युवाहरूले सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गरेका थिए ।
निषेधित क्षेत्रमा प्रदर्शन भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रदर्शनकारीले ऊर्जामन्त्री खड्काको राजीनामा माग गर्दै सरकारविरोधी नारा लगाएका थिए ।