१७ चैत्र २०८१, सोमबार
ताजा खबर

विज्ञापन बजार व्यवस्थापनको लागि तत्काल नीति ल्याइने

नागरिक पोष्ट

शुक्रबार, १४ चैत्र २०८१

2432 views

2432 views

विज्ञापन बजार व्यवस्थापनको लागि तत्काल नीति ल्याइने

काठमाडौं, १५ चैत्र । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विज्ञापन बजार व्यवस्थापनको लागि छिट्टै नीति ल्याउनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा राष्ट्रिय विज्ञापन संघको अधिवेशनलाई सम्बोधन गर्दै उनले विज्ञापन नीति पुरानो भएकाले परिणाम दिन नसकेको भन्दै नीति ल्याउनुपर्ने बताएका हुन् ।

‘बजार व्यवस्थापनको लागि सरकार तयारीका साथ लागिरहेको छ । राष्ट्रिय विज्ञापन नीति छिट्टै ल्याउनुपर्छ । हाम्रोमा विज्ञापन नीति नै छैन् । पुरानो विज्ञापन नीति छ । व्यवसायीले उठाएका समस्याहरुको सम्बोधन नीतिबाट हुनुपर्छ । नीतिमा नभएको कुरा ऐनमा ल्याउँदा विवाद भइहाल्छ । नेपालका अधिकाश मन्त्रालयमा नीति नै बनेका छैनन् । राजाका नीतिहरु छन्, पञ्चायतका, महेन्द्रका पोलिसी, विरेन्द्रका पोलिसी छन्, ज्ञानेन्द्रको हैन फेरी अहिलेसम्म त्यही ऐनमा चलिरहेका छन् । परिणाम दिन किन नसकेको भने नीति पुरानो परिस्थिती नयाँ, परिस्थितीले नया कानूनको माग गर्छ, पुरानो कानून अनुसारको नियमावली छ,’ उनले भने ।

उनले बजारसँग जोडिएका संस्थाहरु कमजोर भएको भन्दै विज्ञापन एजेन्सी र सञ्चार माध्यमहरु सशक्त हुनुपर्ने बताए ।

उनले भने, ‘हाम्रो विज्ञापन बजार घटिरहेका छन् । बजारसँग जोडिएका संस्थाहरु एकदमै कमजोर छन् । पहिलो हाम्रो अर्थतन्त्र बलियो हुनुपर्यौ, विस्तार हुनुपर्यो । दोस्रो हाम्रो विज्ञापन बजार फराकिलो हुनुपर्यो । यससँग जोडिएको विज्ञापन एजेन्सी, सञ्चार माध्यमहरु सशक्त, बलियो हुनुपर्छ । यसको लागि सरकारले स्पस्ट नीति बनाउनुपर्छ ।’

यस्तै उनले विज्ञापन संघ दुई भागमा बाडिदा काम गर्न असहज भएको भन्दै एकता भएको हेर्न चाहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?