१६ चैत्र २०८१, आईतवार
ताजा खबर

सुनचाँदीको मूल्यमा पुनः वृद्धि, छापावाल सुन प्रतितोला १ लाख ७४ हजार ८ सय रूपैयाँ

नागरिक पोष्ट

बिहीबार, १३ चैत्र २०८१

1378 views

1378 views

सुनचाँदीको मूल्यमा पुनः वृद्धि, छापावाल सुन प्रतितोला १ लाख ७४ हजार ८ सय रूपैयाँ

काठमाडाैं, १४ चैत्र । नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार प्रतितोला २ सय रूपैयाँले बढेको सुन बिहीबार थप १ हजार ३ सय रूपैयाँले वृद्धि भएको छ। यससँगै छापावाल सुन प्रतितोला १ लाख ७४ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार यसको मूल्य १ लाख ७३ हजार ५ सय रूपैयाँ रहेको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला १ हजार ९९० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार ३० रूपैयाँ बढेर २ हजार २० रूपैयाँ पुगेको छ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?