१८ चैत्र २०८१, मंगलवार
ताजा खबर

सेयर बजारमा उछाल: नेप्से ३२ अंकले उकालो, कारोबार रकममा पनि वृद्धि

नागरिक पोष्ट

आईतवार, १६ चैत्र २०८१

494 views

494 views

सेयर बजारमा उछाल: नेप्से ३२ अंकले उकालो, कारोबार रकममा पनि वृद्धि

काठमाडाैं, १७ चैत्र । नेपालको सेयर बजारमा आज(आइतबार) वृद्धि देखिएकाे छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.२४ अंकले बढेर २६९५.५५ विन्दुमा बन्द भएको छ। यो वृद्धि १.२१ प्रतिशतको हो।

आजको कारोबारमा कुल ७ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने १ कराेड ५५ लाख ७२ हजार ८६२ कित्ता सेयर किनबेच भएका छन् । गत बिहिबार ५ अर्ब २२ करोड ३० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने ९७ लाख ७२ हजार १९६ कित्ता शेयर कारोबार भएकाे थियाे ।

बजारमा आज २२२ कम्पनीको सेयर मूल्य बढेको छ, भने २२ कम्पनीको सेयर घटेको छ र ० कम्पनीको मूल्य भने स्थिर रह्यो।

यस दिन कुनै पनि सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छैन भने जाेशी हाइड्राेपावर डेभलाेपमेन्टकाे सेयर मुल्य ९.९७ प्रतिशतले बढेको छ ।

यस्तै आज कुनै पनि सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?