१८ चैत्र २०८१, मंगलवार
ताजा खबर

श्रमजिबी पत्रकार सङ्ह द्वारा श्रधान्जली अर्पन

नागरिक पोष्ट

आईतवार, १६ चैत्र २०८१

749 views

749 views

श्रमजिबी पत्रकार सङ्ह द्वारा श्रधान्जली अर्पन

रौतहट । रौतहटको सदरमुकाम गौरस्थित घण्टाघर मधेशी क्रान्ति चौकमा श्रमजीवी पत्रकार संघ रौतहटले पत्रकार सुरेश रजकको हत्यारालाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन सहित श्रद्धान्जली अर्पण गरेका छन् ।
श्रम जिबि  पत्रकार संघले हत्यारालाई द्रुत कारबाही गर्दै न्याय दिलाउने अपील गर्दै सरकारसँग कडा कदम चाल्नको लागि दबाब दिएका छन् । प्रदर्शनमा सहभागी पत्रकार र समर्थकहरूले विभिन्न नारा लगाउदै हत्यारालाई कारबाहीको माग गरेका थिए ।

यो घटना प्रेस स्वतन्त्रता र पत्रकारहरूको सुरक्षा सम्बन्धी ठूलो चिन्ताको विषय बनेको छ, र यस्ता घटनाहरूको विरोध गर्न र अपराधीलाई दण्डित गर्न माग गरिएको छ । राजाबादी समर्थकहरु द्वरा गरिरहेको आन्दोलनको समाचार संकलन गरिरहेको समयमा केही अराजक समुहले हिजो शुक्रवार गरेको आगजनीको दृश्य खिच्ने क्रममा एभिन्युज टिभीका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको छ ।

त्यस्तै विभिन्न संचार गृहको भवनमा आगो लगाउने, तोडफोड गर्ने, सवारी साधनमा आगो लगाउने अमानवीय कार्य भएकोमा श्रमजीवी पत्रकार संघ, नेपाल रौतहट शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।

आगलागी भएको भवनको रिरपोटिङ गरिरहेका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएकोमा यस्तो जघन्य अपराधको निन्दा एवं भर्त्सना गर्दै दोषीलाई हदैसम्मको कारवाही गर्न सरकारसँग श्रमजीवी पत्रकार संघ, नेपाल रौतहट शाखा जोडदार माग रहेको शाखा सचिव अभिमन्यु पटेलले जनाएको छ ।

जनतालाई सुसूचित गराउने र बिचार निर्माणमा सघाउने प्रेसजस्तो भरपर्दो सञ्चारसंस्थाहरू र संचारकर्मीको ज्यानै जाने गरी यस प्रकारको हमला गरेर समग्र सञ्चारजगत आतंकित भएको छ । त्यसको सुरक्षाको प्रत्याभूति दिन नसक्ने सरकारको रवैया पनि उत्तिकै निन्दनीय रहेको छ ।

आन्दोलनको नाममा संचारकर्मीको ज्यानै जाने, प्रेसलाई आतंकित र त्रसित बनाउने कार्य सञ्चारजगतलाई कुनै हालतमा स्वीकार्य हुन सक्दैन। यस्तो गैरकाननी र अमानवीय कार्यमा संलग्न जो कोही भए पनि तत्काल कानुनी कठ्घरामा उभ्याउन र क्षति पुरयाइएका सञ्चारमाध्यमलाई क्षतिपूर्ति दिन, संचार गृह र सञ्चारकर्मीको सुरक्षामा गम्भीर हुन सरकारसमक्ष माग सहित बिरोद्ध प्रदर्शन गरिएको शाखा अध्यक्ष सन्तोष पौडेलले बताएका छन् । सन्चारकर्मी को सुरक्षा को माङ गर्दै श्रमजिबि पत्रकार सङ्ह सलाहकार तथा नेपाल पत्रकार सङ्ह रौतहट का पुर्ब अधयक्ष रबिन्द्र साह ले आन्दोलन को चेतावनी दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?