१७ चैत्र २०८१, सोमबार
ताजा खबर

राजावादीहरुले गरे नेकपा एसको केन्द्रीय कार्यालय तोडफोड

नागरिक पोष्ट

शुक्रबार, १४ चैत्र २०८१

1990 views

1990 views

राजावादीहरुले गरे नेकपा एसको केन्द्रीय कार्यालय तोडफोड

काठमाडौं, १५ चैत्र । राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरिरहेको प्रदर्शनका क्रममा नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गरिएको छ । प्रदर्शनकारीहरुले नेकपा एसको कार्यालय आलोकनगर पुगेर तोडफोडमा उत्रिएका हुन् ।

नेपाल न्यूज बैंकका प्रतिनिधि विजेन अमात्यका अनुसार प्रदर्शनकारीहरु नेकपा एसको कार्यालयमा प्रवेश गरेर फर्निचरहरु फुटाएका हुन् । त्यस्तै प्रदर्शनकारीरुले उक्त कार्यालय अगाडि आगजनी समेत गरेका छन् ।

प्रदर्शनकारीहरुले तीनकुने क्षेत्रका आधा दर्जन घरमा तोडफोट गर्नुका साथै आगजनी समेत गरेका छन् । तीनकुने क्षेत्रमा राजावादी समूहको प्रदर्शन उग्र बनेपछि सो क्षेत्र तनावग्रस्त बनेको छ । राजवादीहरुको आमसभा समेत प्रभावित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?