२७ माघ २०८१, आईतवार
ताजा खबर

'टाटा मोटर्स स्वावलम्बी अभियान २.० विदेश जान लागेका युवा लक्षित

नागरिक पोष्ट

बुधबार, ३० फाल्गुन २०८०

10133 views

10133 views

'टाटा मोटर्स स्वावलम्बी अभियान २.० विदेश जान लागेका युवा लक्षित

काठमाण्डाै – टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालीले कामका लागि विदेश जान लागेका युवालाई लक्षित गर्दै 'टाटा मोटर्स स्वावलम्बी अभियान २.०' ल्याएको छ ।

यस अभियानअन्तर्गत ग्राहकले टाटा एस वा टाटा इन्ट्रा दुई लाख रुपैयाँकाे 'डाउनपेमेन्ट' मा खरिद गर्न सक्ने र देशमै रही आफ्ना साथीभाइ र परिवारको साथ रोजगारी/व्यवसायको अवसर सिर्जना गर्न सक्ने र स्वाभिमानी भई जीवन निर्वाह गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

सिप्रदी ट्रेडिङ कमर्सियल भेहिकल बिजनेस युनिटका सिनियर जेनेरल म्यानेजर अनुपमणि ढकालले अहिलेको यो कठिन आर्थिक अवस्थामा देशमै रही केही गर्न चाहने युवाका लागि यो अभियान राम्रो अवसर हुन सक्ने विश्वास लिनुभएकाे छ । 

कुन गाडीमा कति वर्षको किस्ता बन्छ, फाइनान्समा कति प्रतिशत ब्याज लाग्छ जस्ता विस्तृत जानकारीका लागि सिप्रदी ट्रेडिङकाे नजिकको शो रुममा सम्पर्क गर्न सकिने वा ९८०११०७६०० मा मिस कल गर्न सकिने कम्पनीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?