२६ माघ २०८१, शनिबार
ताजा खबर

दिल्लीका पूर्वउपमुख्यमन्त्री सिसोदिया पनि पराजित

नागरिक पोष्ट

शनिबार, २६ माघ २०८१

188 views

188 views

दिल्लीका पूर्वउपमुख्यमन्त्री सिसोदिया पनि पराजित

काठमाडौं । भारतको दिल्ली विधानसभा निर्वाचनमा पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि पराजित भएका छन् । आम आदमी पार्टीका नेता सिसोदिया दिल्लीको जंगपुरा विधानसभा सीटबाट पराजित भएका हुन् ।

सिसोदियालाई भारतीय जनता पार्टी (भाजपा)का उम्मेदवार तरबिन्दर सिंहले हराएका हुन् । सिसोदियाले यसपल्ट निर्वाचन क्षेत्र परिवर्तन गरेर जंगपुराबाट चुनाव लडेका थिए । उक्त सीटमा कांग्रेस (आई)का उम्मेदवार फरहाद सुरी तेस्रो भएका छन् ।


सिसोदियाले आफू छ सय मतले पराजित भएको प्रतिक्रिया दिएका छन् । उनले बीबीसी हिन्दीको अनलाइन संस्करणसँग भनेका छन्, ‘जंगपुरा सीटमा हामीले मिहिनेतका साथ चुनाव लड्यौँ । झण्डै छ सय मतले हारे । जसले जिते उनलाई बधाई ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?