शनिबार, २६ माघ २०८१
137 views
137 views
काठमाण्डौँ । नेपाल टेलिकमको सहकार्यमा लाईभ नेपाल नेटवर्क प्रा लिले एक दिने साइवर सुरक्षा चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम जनज्ञान माध्यमिक विद्यालय , नुवाकोटमा मिति २०८१ साल माघ २५ गते शुक्रबार भएको हो । शिवपुरी गाउँ पालिकाका अध्यक्ष गोविन्द प्रसाद थपलिया प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा ३०० भन्दा बढी बिद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा विशेष अतिथि नेपाल टेलिकम नुवाकोट जिल्ला शाखा प्रमुख विकास महर्जनको उपस्थिती रहेको थियो । कार्यक्रममा नेपाल टेलिकमले ३०० जना बिद्याार्थीहरुलाई सीम कार्ड निःशुल्क बितरण गरेको हो ।
साइवर सुरक्षाको आधारभुत ज्ञान हामीमा हुनुपर्दछ र सार्वजनिक रुपमा वाइफाई इन्टरनेटमा आफ्ना व्यक्तिगत गोपनियताका कुराहरु शेयर गर्न नहुने बताउँदै, राम्रो साइवर अभ्यास हामीले सिक्नुपर्नेमा प्रमुख अतिथि गाृउँपालिका अध्यक्ष थपलियाले जोड दिए । पासवर्ड शेयर गर्न हुदैन, फेसबुकमा जे पायो त्यही कुराहरु पोष्ट गर्न नहुने बनाउदै साइवर अपराध र सुरक्षा दुुई भिन्न विषय हो भन्दै राज्यले पुर्ण रुपमा साईबर अपराधलाई रोक्न नसक्ने समेत उनले बताए। तसर्थ यस्ता सचेतनामुलक कार्यक्रमहरुबाट सचेत रहन मदत पुग्ने समेत उनले उपस्थित सहभागीहरुलाई बताउदै विद्यालय स्तरबाट यस्तो कार्यक्रमहरुको सरुवात गर्न सके घर परिवार जोगिने र सचेत रहन मदत पुग्ने उनले विश्वास व्यक्त गरे । त्यती मा होईन आगामी दिनमा शिवपुरी गाउँपालिका भित्रका अन्य विद्यालयमा सो कार्यक्रम अगाडी बढाउन आयोजक टिम सँग सल्लाहा गर्ने समेत उनले बताए ।
चेतनमुलक उक्त कार्यक्रममा प्रशिक्षक अच्युत ओझाले साइवर अपराध र सुरक्षा बारेमा विशेष जानकारी बिद्यार्थीहरुलाई प्रदान गरेका थिए। ओझाले साईबर सुरक्षा र साईबर अपराध के हो भन्ने विषयमा बिद्याार्थीहरुलाई भिजुवल मार्फत सरल र सभ्य भाषामा जानकारी गराएका थिए। आफु सँग भएका मोबाईल तथा ल्यापटपलार्य ईन्टरनेटमा कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा पनि उहाँले विद्यार्थीहरुलाई जानकारी गराए । त्ससै गरी अहिलेको अवस्थामा साईबर अपराधमा धेरै जस्तो युवा युवती र बालबालिकाहरु बढी मात्रामा यस कार्यमा फस्ने गरेको बताउदै आफुले नचिनेका व्यक्तिहरको मोबाइल नं तथा फेस बुक आईडीमा नजोडिन विद्यार्थाीहरुलाई आग्रह उनले गरे । त्यस्तै साईबर अपराध र सोसल मिडियाको बारेमा जानकारी गराउदै कसरी साईबर अपराध गर्छन् भन्ने कुराको जानकारी गराएका थिए। त्यति मात्र होईन उनले नेपाल टेलीकमको सेवा तथा सुविधाहरुको बारेमा उपस्थित विद्यार्थी लगायतका व्यक्तिहरुलाई सरल तरिकाले जानकारी गराएका थिए ।
जनज्ञान माध्यमीक विद्यालयका प्रमुख अर्जुन प्रसाद लामिछानेले साईबर सुरक्षा सम्बन्धी चेतनामुलक कार्यक्रम आजको आवश्यकता भएको बताउदै विभिन्न ठाउँ,समय मा भएका घटनाहरलाई उदाहरणको रुपमा भन्दै यस्तो कार्यक्रम आयोजना गरेको मा आयोजक टिमलाई धन्यवाद दिए । उपस्थीत विद्यार्थीहरुले यस किसिमका साईबर सुरक्षा कार्यक्रम अहिलेको आवश्यक भएकोले आगामी दिनमा हप्तामा एक दिनको कक्षा को रुपमा साइव्र सुरक्षा चेतनामुलक कार्यक्रम सञ्चालनको लागि आयोजक संस्था र सरोकारवाला व्यक्तिहरुलाई उनले सुझाव दिएका छन् ।
कार्यक्रममा नेपाल टेलिकम नुवाकोट जिल्ला शाखा प्रमुख विकास महर्जनले हाल टेलिकमले दिई रहेको सेवा सुविधाको बारेमा जानकारी गराउँदै निकट भविष्यमा नुवाकोटको सबै क्षेत्रमा फाईबर नेट जडानको लागी कार्य भई रहेको बताए ।
समाजमा बढ्दै गएको साइबर अपराधका घटनाहरुलाई न्यूनीकरण गर्नका लागि उक्त सचेतनामूलक कार्यक्रम संचालन गरिएको आयोजक अध्यक्ष पुष्कर राज पाण्डेले बताएका थिए। सचेतनामुलक कार्यक्रमहरुले केही हदसम्म भए पनि सचेतना जगाउने र नराम्रा घटना हुनबाट जोगाउन यस्ता कार्यक्रमको आयोजना गर्नु पर्नेमा उनले जोड दिए । देशका सबै क्षेत्रमा सचेतनामुलक कार्यक्रम आवश्यक पर्ने बताउदै सम्बन्धीत निकायलाई यस तर्फ समयमानै सचेत हुन आग्रह गरे ।
नेपाल टेलिकमका कर्मचारीहरु यादव अधिकारी, गोपी लामिाने,विद्यायका सह प्रधान अध्यापक सत्रुधन पण्डित, विद्यालय व्यवस्थापनका सदस्य राजेन्द्र श्रेष्ठ,विद्यालयका शिक्षक शिक्षीकाहरु,समाजसेवी कृष्ण बहादुर श्रेष्ठ,सुनिल श्रेष्ठ, पत्रकारहरु लगायतको उल्लेखनीय सहभागीता रहेको थियो । सो कार्यक्रमको सञ्चालक पत्रकार तथा समाजसेवी सावित्री बस्नेत सबुले गरेकी थिईन्।