शनिबार, २६ माघ २०८१
120 views
120 views
काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले क्यान्सर रोगलाई न्यूनिकरण गर्न सचेतना प्रवर्द्धनको काम गर्न जरुरी रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा क्यान्सरविरुद्ध दशौं साइकल र्यालीको उद्घाटन गर्दै मन्त्री पौडेलले नेपालमा धेरै व्यक्तिहरूले क्यान्सरका कारण दुख पाइरहेको र धेरैको निधन भएकाले क्यान्सर रोगलाई न्यूनिकरण गर्न सचेतना प्रवर्द्धनको काम गर्न जरुरी रहेको बताएका हुन् ।
क्यान्सर उपचारका लागि उपचारात्मक प्रणाली विकास गर्न अझै काम गर्न जरुरी रहेको उनले बताए । उनले क्यान्सर लगायतका अन्य रोगको उपचारात्मक प्रणालीमा लगानी बढाउनुपर्ने धारणा राखे ।
मन्त्री पौडेलले नेपालीको शरीरमा क्यान्सरै प्रवेश नगर्ने स्थिति सिर्जना गर्न सचेतना फैलाउनुपर्नेमा जोड दिए ।
क्यान्सरविरुद्ध सचेतना जगाउन अन्नपूर्ण मिडिया नेटवर्कले नेपाल क्यान्सर केयर फाउन्डेसनको सहकार्यमा राइड फर लाइफ २०२५ सचेतना साइकल र्यालीको आयोजना गरेको हो ।