२६ माघ २०८१, शनिबार
ताजा खबर

क्यान इन्फोटेक मेला सामग्रीमा मा छुटै छुट

नागरिक पोष्ट

शनिबार, २६ माघ २०८१

69 views

69 views

क्यान इन्फोटेक मेला  सामग्रीमा मा छुटै छुट

काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा बिहीबारदेखि ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ सुरु भएको छ ।

मेलाको आज दोस्रो दिन हो । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा सञ्चालन भइरहेको मेला पाँच दिनसम्म चल्ने आयोजकले जनाएको छ । क्यान इन्फोटेकको यो ३०औं संस्करण हो ।

मेलामा विभिन्न कम्पनीले आफ्ना वस्तु तथा सेवाहरू प्रर्दशनमा राखेका छन् ।

मुख्य आकर्षण

मेलामै राष्ट्रिय परिचयपत्र बनाउन सकिने

क्यान इन्फोटेक मेलामा राष्ट्रिय परिचयपत्रको लाइभ इनरोलमेन्ट सुविधा रहेको छ । यसका लागि अविवाहितको हकमा सक्कल नागरिता र विवाहितको हकमा विवाह दर्ताको प्रमाणपत्र र नागरिता अनिवार्य गरिएको छ । यसपटकको मेलामा यो सुविधा राखिएको हुँदा अवलोकनकर्ताको आकर्षण परिचयपत्र बनाउने स्टलमा बढी देखिएको छ ।

प्रदर्शनीमा स्टार्ट–अप, रोबोटिक्स, आईसीटी एक्सेसरिज, गेम पार्लर, प्रडक्ट लन्चिङ, इमर्जिङ टेक्नोलोजी, ई-गभर्नेन्स, इन्टरनेट कनेक्टिभिटी, लर्निङ सेन्टर, ट्रेनिङ इन्स्युट्युटदेखि बुक स्टल, कफी स्टललगायत सेवा तथा उत्पादन राखिएका छन् । अवलोकनकर्ताले नयाँ तथा पूराना प्रविधिको अवलोकन गर्न सक्नुका साथै विभिन्न वस्तुहरु छुट मूल्यमा किन्न पनि सक्ने सुविधा रहेको छ ।

छुट मूल्यमा सामान

मेलामा विभिन्न कम्पनीले अवलोकनकर्तालाई आकर्षण गर्नका लागि आफ्ना कम्पनीका उत्पादन ३० देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छन् । विभिन्न कम्पनीले स्मार्टवाच, टिभी, ल्यापटप, प्रिन्टर, कम्प्युटरलगायतका सामानमा मेलाअविधभर ७० प्रतिशतसम्म छुट दिएको छ । मेलाअवधिभर पसलमै जाँदा पनि ३० देखि ७० प्रतिशत छुटमा ल्यापटप खरिद गर्न सकिने जनाइएको छ । त्यस्तै किकले एयर बर्ड र स्मार्टवाच खरिद गर्दा ७० प्रतिशतसम्म छुट दिएको छ ।

आकर्षक उपहार

प्रदरशनीमा स्टल भिजिट अवलोकन गर्न आउनेका लागि कम्पनीले मनोरञ्जनात्मक खेल राखेका छन् । जसमा अवलोकनकर्ताले सहभागी भएर उपहार जित्न सक्नेछन् । स्टलअनुसार फरक–फरक उपहार जित्न सकिन्छ । जसमा कुनै स्टलमा सुनको सिक्का जित्न सकिने अवसर छ । कुनैमा रिचार्ज कार्ड, कुनैमा ब्लुटुथलगायत छन् ।

त्यसबाहेक कुनै पनि सामान खरिदमा डिस्काउन्ट अफरसमेत पाउने व्यवस्था छ । त्यस्तै, एउटा किन्दा अर्को फ्रि अफर पनि उपलब्ध रहेको छ ।

प्रर्दशनीमा राखिएकामध्ये केही स्टलहरू

प्रर्दशनीमा डिजिटल एड्रेसिङ सिस्टम ‘कता हो’ को स्टल राखिएको छ । जुन नेपालको आफ्नै डिजिटल ठेगाना प्रणाली हो । देशभर जहाँसुकैको डिजिटल ठेगाना प्लेट तयार गर्न सकिने ग्रिडमा आधारित सप्टवेयर तथा मोबाइल एप्लिकेशन हो ।

नेपाली शब्दमार्फत सजिलै सम्झन र बोलेर सेयर गर्न सकिने देशभरको जुनसुकै स्थानको डिजिटल ठेगाना तयार गर्न सकिने नवीनतम प्रविधि ‘कता हो’ हो । यो एप निःशुल्क डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ ।

प्रदर्शनीमा भोला फुड्सको पनि स्टल देख्न सकिन्छ । जसले विभिन्न स्कुल, अफिसलाई खाजा डेलिभरी गर्दै आएको छ । त्यस्तै, भोला फुड्अन्तर्गतकै कौशला तालिम घरले एक दिने बरिस्टा तालिम कोर्ष १५ सय रुपैयाँमा सञ्चालन गरिने अफर ल्याएको छ ।

त्यसैगरी, प्रर्दशनीमा कोइली मर्चेन्ट क्युआरको स्टल अवलोकन गर्न सकिने छ । विभिन्न होटल रेष्टुरेन्टमा क्युआर कोडमार्फत बिल तिर्दा भ्वाइस नोटिफिकेसनको विशेषता यसमा रहेको छ । यो सेवा लिनका लागि नजिकैको खाता भएको बैंकमा गएर बुझ्न सक्नेछन् । त्यस्तै, प्रदर्शनीमा बुक स्टलसमेत रहेको छ । किताब पढ्ने अवलोकनकर्ताले डिस्काउन्ट अफरमा किताब किन्न सक्छन् ।
प्रदर्शनीमा राइड सेयरिङ एप ‘टुटल’को पनि स्टल देख्न सकिन्छ । त्यस्तै, रोबटिक्स एशोसिएन नेपालले आफ्नो नवीनतम उत्पादन स्टल प्रदर्शनमा राखिएको छ । ग्रिन लाइफ एक्सपिरेन्सको स्टलमा छुटसहितको एयरबर्ड, वाचलगायतका उत्पादन अवलोकन गर्नुका साथै खरिद गर्न सकिने सुविधा छ ।

त्यसबाहेक प्रर्दशनीमा नेपाल क्यान मुभको स्टल भिजिट गर्न सकिन्छ । राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा कुरिअर सेवा उपलब्ध गराउँदै आएको उक्त कम्पनीको बारेमा त्यहाँ गएर थप बुझ्न सकिन्छ ।

३०औं क्यान इन्फोटेकको प्रमुख प्रायोजनमा एचएमसी नेपाल हिक्सेमी र सह-शीर्ष प्रायोजन मर्कन्टाइल अफिस सिस्टम रहेका छन् । त्यस्तै, गोल्ड स्पोन्सरमा नेबुला मोबिलिटी प्रालि (गोगोरो), सिल्भर स्पोन्सरहरूमा एस-पावर बीपीई प्रालि र अनलिमिटेड टेक्नोलोजी प्रालि (ज्याप) रहेका छन् ।

प्रदर्शनीको टिकेटिङ पार्टनरमा टिकट सञ्जाल, इन्टरनेट पार्टनरमा वल्र्डलिंक कम्युनिकेसन्स प्रालि, एसएमएस पार्टनर जानकी टेक्नोलोजी प्रालि, डिजिटल एड्रेस पार्टनरमा एड्रेसग्राफ नेपाल प्रालि (कताहो) र इनर्जी पार्टनरमा एग्जिबिशन लाइट हाउस रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?