बुधबार, ७ फाल्गुन २०८१
307 views
307 views
काठमाडाैं, ७ फागुन । पछिलाे समय वाणिज्य बैंकहरूकाे कर्जा लगानीमा सुधार हुँदै गएकाे छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको विवरण अनुसार, चालू आर्थिक वर्षको सात महिनामा वाणिज्य बैंकहरुको कर्जा प्रवाह ५.६२ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकहरूले ५९ खर्ब ९७ अर्ब निक्षेप संकलन गर्दा ४८ खर्ब २७ अर्ब रूपैयाँ कर्जा लगानी गरेका छन् ।
पछिल्लाे सात महिनामा ५.६२ प्रतिशतले कर्जा प्रभाहा बढे पनि बैंकर्सहरू भने खासै उत्साहित देखिएका छैन् । प्रत्येक महिनाकाे कर्जा प्रवाहकाे अवस्था तुलना गर्दा काेभिडकाे समयमा वा गत वर्षकाे तुलनामा ऋण लगानी वृद्धि हुन नसकेकाे नविल बैंकका वरिष्ठ नायब प्रमूख कार्यकारी अधिकृत मनाेज कुमार ज्ञवालीकाे भनाइ छ । उनले भने, ‘बैंक तथा वित्तिय संस्थाले ९० प्रतिशतसम्म कर्जा लगानि लगाउने व्यवास्था छ यद्यपी बैंकिङ क्षेत्रकाे सिडि रेसियाेकाे अनुपात ७९ प्रतिशतमा झरेकाे छ । निक्षेप वृद्धिकाे तुलनामा कर्जाकाे वृद्धि बढ्न सकेकाे छैन ।’
पछिल्लाे केहि वर्ष यता सहकारी तथा घरजग्गा क्षेत्रमा देखिएकाे समस्याले आर्थिक गतिवधि खुम्चिदा व्यवसायीहरूले ऋण तिर्न सकेका छैनन् भने नयाँ लगानी गर्न पनि उत्सुक छैनन् । यता बैंक तथा वित्तिय संस्थाकाे खराब कर्जा लगातार बढ्दा बैंकहरू लगानि बढाउनु भन्दा खराब कर्जा रिकभरी तथा सम्पत्ति गुणस्तर व्यवास्थापनमा केन्द्रित देखिएकाे ज्ञवालीकाे भनाइ छ ।
यता विस्तारै अर्थतन्त्रमा सुधार आउँदै जादा बैंकहरू कर्जा प्रवाहका लागि तयारी अवस्थामा रहेकाे उनले बताए । कर्जाकाे सदुपयाेगीता विस्तारै हुन्छ । हामिले आशा गरेका छाै, सहज आर्थिक वातावरण बन्ने र माेनिटरिङ्ग सुचक र फिस्कफ सुचक राम्राे भयाे भन्ने, सरकारले गर्ने खर्च गर्याे, भुक्तानी गरदियाे भने चाहि अर्थतन्त्र चलायमान हुन्छ ” उनले भने ।