१० फाल्गुन २०८१, शनिबार
ताजा खबर

भक्तपुरमा ३ वटा मोटरसाइकल ठोक्किँदा  १ जनाको मृत्यु ।

नागरिक पोष्ट

शुक्रबार, ९ फाल्गुन २०८१

409 views

409 views

भक्तपुरमा ३ वटा मोटरसाइकल ठोक्किँदा  १ जनाको मृत्यु ।

भक्तपुरमा तीन वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।जिल्लाको सूर्यविनायक नगरपालिका– ९ नलिञ्चोकमा बिहीबार राति विपरीत दिशाबाट आएका तीन वटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा बिहीबार राति एकजनाको मृत्यु भएको हो । दुर्घटनामा दुईजना घाइते भएका छन् ।

दुर्घटनामा रामेछापको सुनापाती गाउँपालिका– ४ का २१ वर्षीय तिम्बा दोर्जे तामाङको मृत्यु भएको ट्राफिक प्रहरी परिसर भक्तपुरले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा इवामुरा अस्पतालमा मृत्यु भएको हो ।

यस्तै सूर्यविनायक– ९ काँक्राबारीका २४ वर्षीय साजन तामाङको अवस्था गम्भीर छ । उनको ठिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।दुर्घटनामा घाइते भएका रामेछापको मन्थली नगरपालिका– ११ का ३९ वर्षीय टीकाराम श्रेष्ठ भने उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?