१० फाल्गुन २०८१, शनिबार
ताजा खबर

श्रीलङ्कामा यात्रुवाहक रेल ,हात्तीको बथान सँग ठोक्किँदा ६ वटा हात्ती मरे

नागरिक पोष्ट

शुक्रबार, ९ फाल्गुन २०८१

1242 views

1242 views

श्रीलङ्कामा यात्रुवाहक रेल ,हात्तीको बथान सँग ठोक्किँदा ६ वटा हात्ती मरे

श्रीलङ्काको हबराना क्षेत्रमा यात्रुवाहक रेल हात्तीको  बथान सँग ठोक्किँदा ६ वटा हात्ती मरेको छ । दुर्घटनामा घाइते भएका २ वटा हात्तीको भने उपचार भइरहेको छ ।श्रीलङ्कामा रेल र हात्तीबीचको यस्तो दुर्घटना बेला–बेलामा भइरहने गर्छ ।

तर वन फँडानी र प्राकृतिक स्रोतको अभावका कारण अहिले हात्तीहरू मानव क्षेत्रमा पस्न बाध्य भएकाले उनीहरू रेलमार्ग, खेतबारी र गाउँ गाउँमा पसेर दुर्घटनाको सिकार बन्न थालेका छन् ।रेल दुर्घटना बाहेक धेरै हात्तीहरू बिजुलीको करेन्ट, विषाक्त खाना र सिकारीको चोरी सिकारको पनि मारमा परिरहेका छन् ।

यो श्रीलङ्कामा अहिलेसम्मकै सबैभन्दा खराब दुर्घटना भएको बीबीसीले जनाएको छ । दुर्घटनामा मानवीय क्षति भने नभएको खबरमा उल्लेख छ ।श्रीलङ्काको वन्यजन्तु संरक्षणसँग सम्बन्धित संस्थाका अनुसार हरेक वर्ष रेल दुर्घटनामा २० वटा हात्ती मर्ने गरेको तथ्याङ्क छ । यसबाहेक गएको वर्ष मानव हात्ती द्वन्द्वमा १ सय ७० भन्दा धेरै मानिसले ज्यान गुमाउँदा  ५ सय वटा हात्ती मरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?