११ चैत्र २०८१, मंगलवार
ताजा खबर

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस ,बहुभाषावाद प्रवर्द्धनसम्बन्धी विभिन्न कार्यक्रम गरी मनाइँदै

नागरिक पोष्ट

शुक्रबार, ९ फाल्गुन २०८१

1769 views

1769 views

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस  ,बहुभाषावाद प्रवर्द्धनसम्बन्धी विभिन्न कार्यक्रम  गरी मनाइँदै

काठमाण्डौ – आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस । नेपालमा पनि भाषिक जागरुकता, साँस्कृतिक विविधता र बहुभाषावाद प्रवर्द्धनसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।राष्ट्रिय मातृभाषा दिवस मनाउन गरेको प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन युनेस्को ले अनुमोदन गरेसँगै यो दिवस विश्वका विभिन्न देशमा मनाउन थालिएको हो

युनेस्कोका अनुसार समारोह  सबैका लागि गुणस्तरीय शिक्षा, समावेशी समाज निर्माण, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने,  दिगो विकासमा विज्ञान र प्रविधिको उपयोग एवम् बहुभाषिकता र बहुसाँस्कृतिकता प्रवर्द्धन केन्द्रित हुनेछ ।। संयुक्त राष्ट्रसङ्घको महासभाले भने सन् २००२ मा यो दिवसको घोषणा गरेको हो । 

आज भाषाहरूले विकास, साँस्कृतिक विविधता र अन्तरसाँस्कृतिक संवाद सुनिश्चित गर्न पेरिसमा रहेको युनेस्कोको प्रधानकार्यालयमा ‘प्राविधिक संवाद, उच्चस्तरीय छलफल सत्र र सांस्कृति प्रदर्शन’ लगायत विविध कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय मातृभाषा दिवस रजत जयन्ती समारोह मनाइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?