शुक्रबार, ९ फाल्गुन २०८१
239 views
239 views
काठमाडौं, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको जारी अधिबेशनबाटै गैरआवासीय नेपालीलाई संविधानले दिएको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रयोगका लागि मार्ग प्रशस्त गर्ने प्रतिबद्धता पुनः दोहोरयाउनुभएको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग गएराती (बिहिबार राती) भएको भेटमा प्रधानमन्त्रीले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उक्त अवसरमा अध्यक्ष डा।बद्री केसीले यसअघिका भेटमा संसदमा हिउँदे अधिबेशन सुरु भएपछि आफ्ना मागहरु सम्बोधन गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै अहिले जारी अधिबेशनबाटै गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन, एनआरएन एक्ट सम्बन्धि विधेयक पास गरी तत्काल कार्यान्वयनमा ल्याउन समेत अनुरोध गरे ।
जवाफमा प्रधानमन्त्री आफूले प्रतिबद्धता अनुसार नै पहल भन्दै संविधानतः प्राप्त गर्ने सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारका बारेमा सरकारले उचित निकाश दिने उल्लेख गर्नुभयो ।
फरक प्रसंगमा प्रधानमन्त्री ओलीले निर्वाचन पद्धतिबाट निर्वाचित भएर आएको टिम नै वैधानिक रहेको कुरामा कसैका दुईमत हुन नसक्ने कुरा समेत व्यक्त गर्दै संघको हालको कार्यसमितिको वैधानिकतामा कुनै प्रश्न नरहेको कुरा समेत व्यक्त गर्नुभयो । उनले भने, ‘ लोकतान्त्रिक पद्धति मान्दिन भनेर पाइँदैन, तर विश्वभर रहनु भएका गैरआवासीय नेपालीहरु सबै एकै थलोमा मिलेर नेपालको विकास तथा समृद्धिमा दत्त चित्त भएर लाग्नुहोस् ।’