७ चैत्र २०८१, शुक्रबार
ताजा खबर

विशेषज्ञ सहितको बृहत निशुल्क स्वास्थ्य शिविर हुदै

नागरिक पोष्ट

बुधबार, ७ फाल्गुन २०८१

5713 views

5713 views

विशेषज्ञ सहितको बृहत निशुल्क स्वास्थ्य शिविर हुदै

धादिङ । फागुन २३ गते शुक्रबार एक दिने मुर्चोकमा विशेषज्ञ सहितको बृहत निशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।


ऐतिहासिक र गौरवशाली विरासत बोकेको आत्रेय गोत्र बगाले थापा क्षेत्रीहरूको ऐतिहासिक १४० औं कुलपूजाको अवसरमा धादिङको मुलपानी, मुर्चोकमा बृहत निःशुल्क स्वास्थ्य शिविर पनि आयोजना गरिने भएको हो।

त्रिपुरासुन्दरी गाँउपालिकाको मुलपानी मुर्चोकमा आयोजना हुने बगाले थापा हरुको कुलपूजाको अवसर पारेर न्यूरोचिकित्सक डा. लेखजङ्ग थापा सहितका वरिष्ठ विशेषज्ञ डाक्टरहरु टोलीद्वारा सामान्य चिकित्सा, स्त्री तथा प्रसुति रोग, हाडजोर्नी, न्यूरो सेवा, पेटसम्बन्धी रोग, दन्त रोग, भिडियो एक्स-रे सेवा सहित निःशुल्क औषधि वितरण हुने गरि तयारी गरिएको बगाले थापा क्षेत्री राष्ट्रिय फाउण्डेसन, नेपालका अध्यक्ष डा. राम थापा क्षेत्रीले बताउनु भयो । सो शिविरमा सशस्त्र प्रहरी बल, नेपालका चिकित्सक सहितको टोलिको पनि सहभागीता रहने सशस्त्र प्रहरी निरीक्षक सुरेश थापाले बताउनु भयो । १४० औं कुलपुजाका दौरान सहभागी हुने बन्धुका साथै स्थानीय जनसमुदायका लागि धादिङ स्थित तिलगंगा आखा अस्पतालको टोलिबाट मोतीविन्दु जाँच शिविरको ब्यबस्था गरिने कुलपुजा आयोजना तथा तयारी समितिका संयोजक सरोज थापाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?