९ फाल्गुन २०८१, शुक्रबार
ताजा खबर

सभापति देउवा भारत जाने

नागरिक पोष्ट

बुधबार, ७ फाल्गुन २०८१

256 views

256 views

सभापति देउवा भारत जाने

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छिमेकी मुलुक भारत जाने भएका छन् । उत्तर प्रदेश राज्यमा पर्ने प्रयागराजमा भइरहेको महाकुम्भको अवसर पारेर उनी भारत जान लागेका हुन् ।

सभापति देउवालाई इन्डिया फाउन्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलिटी’ कार्यक्रममा वक्ताको रूपमा आमन्त्रण गरेको छ । सोही कार्यक्रममा सहभागी हुन उनी प्रयागराज जान लागेका हुन् ।


इन्डिया फाउन्डेसनको आयोजनामा आगामी शुक्रबार र शनिबार आयोजना हुन गइरहेको कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी हुने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?