२८ माघ २०८१, सोमबार
ताजा खबर

दाेस्राे त्रैमासमा छिमेक लघुवित्तकाे नाफा ५१ कराेड १८ लाख, प्रतिशेयर आम्दानी कति ?

नागरिक पोष्ट

आईतवार, २७ माघ २०८१

273 views

273 views

दाेस्राे त्रैमासमा छिमेक लघुवित्तकाे नाफा ५१ कराेड १८ लाख, प्रतिशेयर आम्दानी कति ?

काठमाडाैं, २७ माघ । चालु आर्थिक वर्षको दाेस्राे त्रैमासमा छिमेक लघुवित्त वित्तिय संस्थाकाे नाफा १७ दशमलव ५७ प्रतिशतले बढेकाे छ । संस्थाले सार्वजनिक गरेकाे दाेस्राे त्रैमासिक वित्तिय विवरण अनुसार चालु आवको ६ महिनामा कम्पनीले ५१ कराेड १८ लाख रूपैयाँ नाफा कमाएकाे छ ।

गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ४३ कराेड ४२ लाख नाफा कमाएकाे थियाे । यस्तै गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज रू. २४ करोड ८ लाख रहेकोमा चालू आवमा घटेर रू. १२ करोड ७९ लाखमा झरेको छ ।

गत आवमा कम्पनीको सञ्चालन नाफा रू. ६१ करोड ३८ लाख रहेकोमा चालू आवमा बढेर रू. ७२ करोड १७ लाख पुगेको छ । नाफामा वृद्धि भएसँगै गत आवमा २९ रुपैयाँ ३० पैसा रहेकोमा प्रतिशेयर आम्दानी चालू आवमा बढेर ३१ रुपैयाँ ८४ पैसा पुगेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको वितरण योग्य नाफा रू. १ अर्ब ५९ करोड भन्दा बढी रहेको छ ।

चुक्ता पूँजी रू. ३ अर्ब २१ करोड रहेको कम्पनीले जगेडामा रू. २ अर्ब ७८ करोड, रिटेन्ड अर्निङमा रू. १ अर्ब ५९ करोड र शेयर प्रिमियममा रू. ४ करोड ९ लाख सञ्चिती गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?