२९ माघ २०८१, मंगलवार
ताजा खबर

कोपोमिस सम्बन्धी ३ दिने तालिम शुरु

नागरिक पोष्ट

सोमबार, २८ माघ २०८१

409 views

409 views

कोपोमिस सम्बन्धी ३ दिने तालिम शुरु

काठमाण्डौँ  । फेटा गाउँपालिका कृषि, पशुपन्छी तथा सहकारी शाखाको आयोजनामा कोपोमिस सम्बन्धी ३ दिने तालिम आईतबारदेखि सञ्चालन भएको छ ।
तालिमको शुभारम्भ फेटा गाउँपालिकाको गाउँपालिका अध्यक्ष रुस्तम अंसारीले गरे । तालिमको शुभारम्भ गर्दै अध्यक्ष अंसारीले अब सहकारीलाई बचत गर्ने र ऋण दिने संस्थाको रुपमा मात्र नभई शेयर सदस्यहरुले बचत गरेको रकमलाई पुँजीको रुपमा लगानी गरेर रोजगार श्रृजना गर्ने उत्पादनशिल क्षेत्रा समेत लगानी गर्नु पर्नेमा कुरामा जोड दिए ।

अध्यक्ष अंसारीले संस्थामा बचत गर्ने शेयर सदस्यहरुलाई स्वरोजगार बनाउने उद्यमशिल कार्यक्रम बनाउन सके संस्थाबाट लिएको कर्जा जोखिममा जाने सम्भावना निकै कम हुने उल्लेख गर्दै बचत र ऋणले मात्र संस्थाको संस्थागत बिकास नहुने समेत उल्लेख गरे ।
फेटा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर कुमार सिंहले फेटा गाउँपालिकाका सहकारी संस्थाहरु सहकारी ऐन बमोजिम कृयाशिल छन् कि छैनन्, नियमित अपडेट छ कि छैन भन्नेबारेको मूल्यांकनको आधारमा सहकारीको नियमन र अनुगमन गर्ने बताए । सहकारीको संस्थागत विकास के कतिको भएको छ वा छैन भन्नेबारे संस्थाको कोपोमिसबाट समेत प्रस्ट हुने भएकोले सबै सहकारी संस्थाहरुले कोपोपिस अनिवार्य रुपमा भर्नु पर्नेमा प्रमुख प्रशासकीय अधिकृत सिंहले जोड दिए ।


फेटा गाउँपालिका कृषि, पशुपन्छी तथा सहकारी शाखा प्रमुख संजय कुशवाहाले सहकारी संस्थाको अनुगमन, लेखा व्यवस्थापन, धितो मूल्यांकन, ऋण लगानी र ऋण असुली, लेखा सुपरीवेक्षण समितिको क्षमता अभिवृद्धिसम्बन्धी प्रशिक्षण हुनेछ । सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापकहरुका लागि दिईने बताए ।


तालिममा फेटा गाउँपालिकाका गाउँपालिका गा.पा. उपाध्यक्ष निलम साह, लेखा शाखा प्रमुख भोला प्रसाद यादव, प्रशिक्षक श्रीलाल प्रसाद साह लगायत विभिन्न सहकारीबाट ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । तालिमको उद्घाटन सत्रको कार्यक्रममा फेटा गाउँपालिकाका कृषि अधिकृत पुजा यादवले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?