सोमबार, २८ माघ २०८१
307 views
307 views
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली एमालेको नेतृत्वमा रहुन्जेलसम्म वामपन्थी एकता सम्भव नरहेको बताउनुभएको छ ।सोमवार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले देशको स्थिति सहज रुपमा अघि बढ्न नसकेको बताउनुभयो । उहाँले अध्यादेश राष्ट्रिय सभामा बहुमत पु¥याउन नसक्दा अघि बढ्न नसकेको बताउनुभयो ।
अध्यक्ष दाहालले जनता समाजवादी पार्टीले आफ्नो मुद्दा छोडेर समर्थन नगरेको खण्डमा अध्यादेश राष्ट्रिय सभाबाट पारित नहुने जिकिर गर्नुभयो । उहाँले दुई तिहाईको सरकार अध्यादेशको बाटोमा जानु नै गलत रहेको बताउनुभयो ।‘अहिले स्थिति त्यति सहज गइरहेको छैन । सदन शुरु भएको छ । सदनमा अध्यादेश प्रश्तुत भएका छन् तर ति रोकिएका छन् ।
तपाईंहरुले राष्ट्रिय सभाको स्थिति बुझिराख्नुभएकै होला । त्यहाँ अहिले अगाडि बढ्न सकिरहेको स्थिति छैन । सरकारले जसरी एउटा गलत नियतले सदन बोलाउनुपर्ने बेलामा अध्यादेश ल्यायो । प्रक्रियाको दृष्टिकोण र कतिपय सारको दृष्टिकोणले पनि भूमि सम्बन्धी विषय जसरी ल्याइएको छ, त्यसको उद्देश्य गलत देखिएको छ । त्यस विषयमा पनि सदनमा मैले स्पष्टसँग भनेको छु । हाम्रो ध्यान मधेसको जनतालाई संगठित र परिचालित गर्नेकुरामा केन्द्रित हुन्छ ।’ अध्यक्ष दाहालले भन्नुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, ‘सरकारले आफूसँग दुई तिहाई छ भन्ने गरेको छ । दुई तिहाई भएको सरकारले अध्यादेशको बाटो जानु हुँदैन थियो । दुई तिहाई हुँदाहुँदै पनि यो सरकार कति कमजोर छ भन्नेकुरालाई प्रमाणित गरेको छ । अहिले प्रश्तुत गरिसकेपछि त्यो रोक्नुपर्ने बाध्यता के हो भने दुई तिहाई उनीहरुसँग छैन भन्ने देखिन्छ । राष्ट्रिय सभामा बहुमत पु¥याउन पनि कठिन छ । बाहिर जसरी चिजहरु आइरहेको छ, जनता समाजवादी पार्टीको । जसपाले भूमि सम्बन्धी अध्यादेशको विधि, प्रक्रियाका बारेमा अडिनुभएको छ । उहाँहरु अडिनुहुन्छ । उहाँहरुले आफ्नो अडान छोड्नुभएन भने राष्ट्रिय सभाबाट अध्यादेश पारित नहुने स्थिति बन्दैछ । एमालेको नेतृत्वमा केपीजी रहँदासम्म नेपालका कम्युनिष्ट एकता, वामपन्थी एकता सम्भव छैन ।’