२९ फाल्गुन २०८१, बिहीबार
ताजा खबर

दोस्रो पटक संसद भवन प्रवेश गर्न खोज्दा ,खगेन्द्र सुनार पक्राउ ।

नागरिक पोष्ट

सोमबार, २८ माघ २०८१

1905 views

1905 views

दोस्रो पटक संसद भवन प्रवेश गर्न खोज्दा ,खगेन्द्र सुनार पक्राउ ।

 दोस्रो पटक संसद भवन प्रवेश गर्न खोज्दा दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ परेका हुन्‌। अन्तरजातीय विवाह गरेका सर्लाहीका सतेन्द्र राम र नेहा रौनियारको जोडीको न्याय माग्दै सोमबार दिउँसो संघीय संसद भवन नयाँ बानेश्वर प्रवेश गर्न खोज्दा पक्राउ परेका हुन् ।उनलाई संसद भवन प्रवेश गर्न खोज्दा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विश्व अधिकारीले जानकारी दिए ।

सुनार यसअघि ६ महिनाअघि गत साउन २९ गते पनि हात खुट्टामा नेल लगाएर माइतीघरबाट प्रदर्शन गर्दै संसद भवन प्रवेश गर्न खोजेका थिए । त्यतिबेला प्रहरी नियन्त्रणमा लिएर साँझ छोडेको थियो ।‘दलितको लागि दलित अभियान’ नेपालका संयोजकसमेत रहेका सुनारले अन्तरजातीय विवाह गर्ने जोडीमाथि गृहमन्त्री रमेश लेखककै निर्देशनमा गैरकानूनीरूपमा दमन गरेको भन्दै विरोध जनाउँदै आएका छन् ।

‘दलितलाई खै ?’ लेखिएको ब्यानरसहित उनी प्रदर्शन गर्दै आएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिमण्डलमा दलितलाई उपेक्षा गरिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।१४ प्रतिशत जनसंख्या ओगटेका दलितलाई बेवास्ता गरेर समावेशीकरण र समतामुलक समाज स्थापना नहुने सुनारको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?