२८ माघ २०८१, सोमबार
ताजा खबर

आईटीलाई पूर्णरुप दिँदै विद्यार्थी, क्यान इन्फोटेक मेलाले थप उर्जा दिने विश्वास

नागरिक पोष्ट

आईतवार, २७ माघ २०८१

936 views

936 views

आईटीलाई पूर्णरुप दिँदै विद्यार्थी, क्यान इन्फोटेक मेलाले थप उर्जा दिने विश्वास

काठमाडौं । ३०औं संकरणको क्यान इन्फोटेक मेलाको मुख्य आकर्षणको बिन्दु बनेको छ, सनवे कलेजका विद्यार्थीले बनाएका एआईको प्रोजेक्ट राखिएको स्टल ।

आईटीको विधामा अध्यापन गराउँदै आएको सनवे कलेजका विद्यार्थीहरुले सनवे स्टुडेन्ट रिप्रिजेन्टेटिभ काउन्सिलको सुरुवात गरी आइटिमा नयाँ सोचलाई प्रोजेक्टमा रुपान्तरण गर्दै आएका छन् । स्टलमा विद्यार्थीहरुले बनाएको तीन थरीका एआईका प्रोजेक्ट राखिएको छ । जसमा स्मार्ट घर रहेको छ । उक्त प्रोग्रामले मोवाईल एपको सहाराले पुरैको घरको विजुली बत्तीलाई कन्ट्रोल गर्न सकिन्छ ।

त्यस्तै, न्युरो भिजन प्रोजेक्ट पनि प्रदर्शनीमा छ । यस प्रोग्रामले कुनै पनि प्रकारको ब्रेन ट्युमरलाई सिटि स्क्यानबाट कस्तो खालको ब्रेन ट्युमर हो, कत्तिको खतरा छ जस्ता विषयको परिकल्पना गर्छ ।

अर्काे भनेको ओसियारको प्रोजेक्ट हाे, यसले हातले लेखेको नेपाली अक्षरलाई डिजिटलमा रुपान्तरण गर्छ । कुनै पनि डकुमेन्टलाई राखी सो डकुमेन्टको आधारमा च्याट जिपिटी जस्तै कुरा गर्न पनि सकिन्छ । विद्यार्थीहरुले यस प्रोग्रामा टेक्स टु स्पीच फिचर पनि रहेको छ । ओसियार प्राजेक्टमा कुनै पनि पिडिएफ फाईल अपलोड गर्दा त्यलाई नेपाली, फ्रेन्च, अंग्रेजीलगायत सात वटा भाषामा आवाजको रुप दिन सक्छ ।

सनवे स्टुडेन्ट रिप्रिजेन्टेटिभ काउन्सिलका विद्यार्थीहरुले डाटा क्याम्प डोनेटससँग सहकार्य गरिरहेका छन् । र इच्छुक विद्यार्थीलाई निःशुल्क रुपमा डाटा फेलोसिप प्रदान गर्दै आएको छ । यस फेलोसिपका लागि डाटा साइन्स र एआईको प्रिमियम कोर्स उपलब्ध रहेको छ ।

यस कोर्सको शुल्क प्रति वर्षको ५ सय डलर पर्छ तर सनवे स्टुडेन्ट रिप्रिजेन्टेटिभ काउन्सिलले डाटा क्याम्पसँग सहकार्य गरेर निःशुल्क रुपमा फेलोसिप गराउँदै आएको छ । क्यान मेलामा सहभागि भएका ईच्छुक विद्यार्थीले आफ्नो ईमेल ठेगाना सनवे स्टुडेन्ट रिप्रिजेन्टेटिभ काउन्सीलका प्रतिनिधिहरुलाई टिपोट गराए पछि उनिहरुले इमेल मार्फट फेलोसिपको फाराम पठाउने छन् ।

प्रदर्शनीमा राखिएको प्रोजेक्ट सनवेका विद्यार्थी प्रशान्त आचार्यको प्रतिनिधित्वमा १४ जनाको समूहले बनाएको थिए । विद्यार्थीहरुले एक्सपोलाई मात्र लक्षित गरेर उक्त प्रोजेक्ट बनाएको नभई त्यो स्टार्टप प्रोजेक्ट भएको बताएका छन् ।

पछिल्लोसमय विश्वव्यापी रुपमै आईटीले एकछत्र राज गरिरहँदा नेपालमा पनि यसप्रति विद्यार्थीको चासो बढ्दै गएको छ । आईटी अध्ययन गरिरहेका र त्यसमै काम गरिरहेका विद्यार्थी प्रशान्त आचार्य पनि नेपालमा आईटीको प्रचुर सम्भावना रहेको देख्छन् ।

पछिल्लो समय विद्यार्थीहरु नेपालमा भविश्य नदेखेर विदेश पलायन होड चलिरहँदा तेस्रो सेमेस्टरमा अध्ययनरत प्रशान्त आचार्य भने अध्ययन पूरा गरि देशमै आईटी क्षेत्रमा केही फरक गर्ने सोचमा छन् । उनले भने– “नेपालमा आईटीको सम्भावना धेरै छ तर नेपाली समाज अपडेट हुन सकेको छैन । त्यसैले एआईमा नेपाली समाज अलि अपडेट हुन सक्यौं भने सानो-सानो कुरामा एआईले ठुलो प्रभाव पार्न सक्छ ।”

उनले थपे, “एआईमा नेपाली समाज त्यति जानकार छैन, त्यसैले एआईलाई पत्याउने वातावरण छैन । तर समाजमा एआईको बारेमा जानकारी दिने हो भने यसले ठुलो फड्को मार्न सक्छ ।”

तेस्रो सेमेस्टरको अध्ययनका सकाएका विद्यार्थीले बनाएको उक्त एआईको प्रोग्राम दोस्रो सेमेस्टरदेखि सुरु गरेका थिए र अहिलेसम्म काम गरिरहेका छन् । क्यान इन्फोटेक मेलामा प्रविधिका विभिन्न प्रोग्राम, ई–लर्निङ् प्लेटफर्म लगायतका १५० वटा स्टलहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?