सोमबार, ३१ बैशाख २०८१
10218 views
10218 views
काठमाडौं। नेपाल टेलिकमले चालु आर्थिक वर्ष तेस्रो त्रैमास अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले ५ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ०।४३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको खुद नाफा ५ अर्ब ४३ करोड हजार रहेको थियो।
अघिल्लो आर्थिक वर्षको ९ महिनाको अवधिसम्ममा कम्पनीको कुल सञ्चालन आय २८ अर्ब २१ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिमा ८७ करोड २९ लाख रुपैयाँ रहेको छ। सञ्चालक आय पनि ३।०९ प्रतिशतले घटेको छ।
यो ९ महिनाको अवधिसम्म कम्पनीको कुल आय भने २।०६ प्रतिशतले बढेर ३३ अर्ब २० करोड रुपैयाँ भएको छ। अघिल्लो यही अवधिसम्म कुल आय ३२ अर्ब ५३ करोड रुपैयाँ रहेको छ।कोभिड(१९ को महामारी तथा ओटीटीको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय रोमिङ लगायत अन्तरआवद्धता सेवाको प्रयोगमा कमी हुँदा चालु आवमा खुद नाफा कमी आएको जनाएको छ ।
अन्तरआवद्वता शुल्क सम्बन्धी निर्देशिका अनुसार डोमेस्टिक अन्तरआवद्वता शुल्कमा कमी भएकोले कार्य सञ्चालन आयमा कमी भएको उसको भनाइ छ ।