४ चैत्र २०८१, मंगलवार
ताजा खबर

शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना नगर्न कामपाको निर्देशन

नागरिक पोष्ट

सोमबार, ३ चैत्र २०८१

1922 views

1922 views

शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना नगर्न कामपाको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना नगर्न महानगरभित्रका विद्यालयहरूलाई सचेत गराएको छ ।

महानगरको शिक्षा विभागका निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीले सोमबार सूचना जारी गर्दै विद्यालयहरूलाई शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना नगर्न सचेत गराएका हुन् ।

शिक्षा विभागले महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ४८ ९६० विपरित शैक्षिक सत्र सुरु हुनु अगावै विद्यार्थी भर्ना गरिए प्रचलित कानुनबमोजिम कारबाही गरिने पनि चेतावनी दिएको छ ।

महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ४८ ९६० मा कसैले पनि शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना गर्न–गराउन नहुने व्यवस्था छ ।

‘कतिपय विद्यालयले शैक्षिक सत्र शुरु नहुँदै विद्यार्थी भर्ना गरेको भन्ने जनगुनासो यस कार्यालयमा आएको हुँदा शैक्षिक सत्र सुरु नभई नियमावली विपरित विद्यार्थी भर्ना नगर्नु नगराउनु हुन अनुरोध छ,’ सूचनामा भनिएको छ, ‘अन्यथा प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरा जानकारी गराइन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?