४ चैत्र २०८१, मंगलवार
ताजा खबर

कार्टेलिङ गरेर रड सिमेन्टको मूल्य बढाउने उद्योगीलाई कारबाही गर्न निर्माण व्यवसायीको माग

नागरिक पोष्ट

मंगलवार, ४ चैत्र २०८१

1956 views

1956 views

कार्टेलिङ गरेर रड सिमेन्टको मूल्य बढाउने उद्योगीलाई कारबाही गर्न निर्माण व्यवसायीको माग

काठमाडौं, ५ चैत्र। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले कार्टेलिङ गरेर रड सिमेन्टको मूल्य बढाइएको भन्दै त्यस्ता उद्योगीलाई कारवाही गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिले मंगलबार आयोजना गरेको बैठकमा बोल्दै अध्यक्ष सिंहले कार्टेलिङ गरेर सिमेन्ट र डण्डीको मूल्य बढाउँदा निर्माण क्षेत्रलाई थला पार्न खोजेको आरोप लगाए ।

उनले बढाइएको मूल्य अविलम्ब खारेज गरी कार्टेलिङ गर्ने उद्योगीलाई कारवाहीका लागि निर्देशन दिन सम्बन्धित निकायलाई अनुरोध गरे ।

बैठकमा सिमेन्ट उद्योगी ध्रुव थापाले घाटामा उद्योग चलिरहेकोले अझै मूल्य बढ्ने बताए । उनले प्रति बोरा १५०० रुपैयाँ घाटा खाएर सिमेन्ट विक्री गर्दै आएको बताए ।

सित्तैमा दिन नसकिने भन्दै उनले अनावश्यक मूल्य बृद्धि भएको भए छानविन गर्न सरोकार निकायलाई चूनौती दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?