६ चैत्र २०८१, बिहीबार
ताजा खबर

संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न कटिबद्ध छौँ : सेना

नागरिक पोष्ट

बुधबार, ५ चैत्र २०८१

324 views

324 views

संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न कटिबद्ध छौँ : सेना

काठमाडौं। नेपाली सेनाले संविधान प्रदत्त जिम्मेवारीहरू पूरा गर्न कटिबद्ध रहेको प्रष्ट पारेको छ ।

केही दिनदेखि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली सेनालाई जोडेर विभिन्न खाले टिकाटिप्पणी हुन थालेपछि बुधबार जंग्गीअड्डाले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको हो ।

विज्ञप्तिमा सेना सम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गर्न पनि सम्बद्ध सबैमा आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?