शनिबार, १७ फाल्गुन २०८१
1446 views
1446 views
काठमाडौं, १७ फागुन । यो साता सेयर बजार ७२ अंक अर्थात् २।६ प्रतिशतले बढेको छ । गत साता २ हजार ७ सय ४३ दशमलव ७४ बिन्दुमा रहेको बजार यस साता निरन्तर बढेर २ हजार ८ सय १५ दशमलव ०४ बिन्दुमा पुगेको छ ।
यो साता कारोबार भएका चारै दिन बजार बढ्यो । बुधबार बन्द रहेको बजार पहिलो दिन आइतबार ११।६६ अंक, सोमबार ३।३५, मंगलबार ७।१३ र बिहीबार ४९।१५ अंक बढ्यो ।
गत साता औसतमा ९ अर्ब ६४ करोड ६१ लाख रुपैयाँभन्दा बढीको १ करोड ८२ लाख ३३ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता औसतमा १० अर्ब ९८ करोड ३८ लाख रुपैयाँभन्दा बढीको २ करोड १५ लाख ९५ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
बजार बढ्दा कुल बजार पूँजीकरण ४६ खर्ब ७४ अर्ब २४ करोड ८९ लाख रुपैयाँ कायम भएको छ । गत साताको अन्तिम कारोबार दिन कुल बजार पूँजीकरण ४५ खर्ब ५४ अर्ब ८१ करोड ५१ लाख रुपैयाँ थियो । यो साताको कारोबारमा कुल बजार पूँजीकरण १ खर्ब १९ अर्ब ४३ करोड ३८ लाख रुपैयाँले बढेको हो ।