मंगलवार, २ माघ २०८०
13856 views
13856 views
काठमाडौं । क्यानडाका अध्यागमन मन्त्री मार्क मिलरले विदेशी विद्यार्थीको सङ्ख्यालाई सीमित गर्ने संकेत गरेका छन् ।
मिडिया अन्तर्वार्ताको श्रृङ्खलामा उनले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्यालाई सीमित गर्न खोजिरहेको उल्लेख गरेका हुन् ।
क्यानडामा सन् २०२३ मा अहिलेसम्मकै उच्च करिब १० लाख विद्यार्थी भर्ना भएका थिए । क्यानाडाको अध्यागमन मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार क्यानाडामा भर्ना भएका विदेशी विद्यार्थीहरूको संख्या सन् २०१२ र २०२२ बीचमा १९३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।