११ चैत्र २०८१, मंगलवार
ताजा खबर

एनआरएनएको विवाद छानबिन गर्न सरकारले समिति गठन गर्यो

नागरिक पोष्ट

बुधबार, १० माघ २०८०

14638 views

14638 views

एनआरएनएको विवाद छानबिन गर्न सरकारले समिति गठन गर्यो

काठमाडौं । एनआरएनएको विवाद छानबिन गर्न सरकारले सरकारले महान्यायाधिवक्ताको कार्यालयका सह(महान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी वरिष्ठ उपरीक्षक र उपसचिव (लेखा)सदस्य रहेको छानबिन समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बैठकले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन विवादको छानबिन गर्न एक समिति गठन गरेको हो । 

उक्त समितिलाई संघको लेखा तथा कामकारबाही सम्बन्धमा छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न सरकारले समयावधि दिएको छ । एनआरएनएको अधिवेशनमा गत कात्तिक ३ मा सार्वजनिक मत परिणाममा धाँधली भएको भन्दै परराष्ट्र मन्त्रालयमा उजुरी परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?