७ कार्तिक २०८१, बुधबार

ताजा खबर

राष्ट्र बैंकको निर्देशनपछि मधेशमा सहुलियतपूर्ण कर्जा प्रवाहमा बृद्धि

नागरिक पोष्ट

सोमबार, २३ पुष २०८०

7787 views

7787 views

राष्ट्र बैंकको निर्देशनपछि मधेशमा सहुलियतपूर्ण कर्जा प्रवाहमा बृद्धि

काठमाडौं । मधेश प्रदेशमा सहुलियतपूर्ण कर्जा प्रवाहमा वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाबाट सो प्रदेशमा प्रवाह हुने सहुलियतपूर्ण कर्जा बढेको हो ।

 नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मधेश प्रदेशको वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदन अनुसार गत वर्ष २२ अर्ब ३० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाले सहुलियतपूर्ण कर्जा प्रवाह गरेका छन् । तर, अघिल्लो वर्षमा भने यस्तो कर्जा १४ अर्ब ५ करोड रुपैयाँ मात्रै रहेको थियो ।

राष्ट्र बैंकको निर्देशन बमोजिम नै सहुलियतपूर्ण कर्जा प्रवाहमा ठुलो वृद्धि आएको प्रतिवेदनमा उल्लेख छ । ’सहुलियतपूर्ण कर्जा प्रवाहमा ठूलो वृद्धि आउनुमा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंक तथा वित्तीय संस्थाले सो कर्जा प्रवाह गर्दा धितोमा आधारित भई अन्य कर्जा सरह सहुलियतपूर्ण कर्जा प्रवाह गर्नु प्रमुख कारण देखिन्छ’–प्रतिवेदनमा उल्लेख छ ।

मधेशमा प्रवाहित कुल कर्जामध्ये सबैभन्दा धेरे हिस्सा भने सर्लाही जिल्लाको छ । सो जिल्लामा ४ अर्ब ४८ करोड रुपैयाँ अर्थात् कुल प्रवाहित कर्जाको २०.१३ प्रतिशत हिस्सा रहेको छ । तर, सबैभन्दा कम भने सप्तरीमा देखिएको छ । सो जिल्लामा १ अर्ब ८ करोड रुपैयाँ ९४।८६ प्रतिशत० मात्रै कर्जा प्रवाह भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?