८ माघ २०८१, मंगलवार
ताजा खबर

लगानी बोर्डबाट विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत

नागरिक पोष्ट

आईतवार, १६ मंसिर २०८१

2602 views

2602 views

लगानी बोर्डबाट विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको ६०औँ बोर्ड बैठकले बुढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत गरेको छ ।बैठकले तीन सय ४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् परियोजनाका लागि ७० अर्ब लगानीका लागि स्वीकृति प्रदान गरेको हो ।

यस्तै १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् परियोजनाका लागि रु २३ अर्ब ५९ करोड र २१० मेगावाट क्षमताको चैनपुर सेती परियोजनाका लागि रु ४७ अर्ब ५४ करोड लगानी स्वीकृतिको निर्णय गरेको हो ।

यसै गरी बैठकले ३२७ मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी र सम्राट् सिमेन्ट कम्पनी प्रालिको म्याद थप गरेको छ भने पश्चिम सेती जलविद्युत् परियोजनाको क्षमता ७५० मेगावाटबाट बढाएर आठ सय मेगावाट बनाउने गरी म्याद थप तथा चार किल्ला जडित क्षेत्रको अनुमतिपत्र संशोधनको निर्णय गरेको छ । साथै माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको सेयर परिवर्तन र सम्झौतापत्र संशोधनको निर्णय गरिएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले सम्बन्धित निकायले समन्वयात्मक रूपमा काम गरी मुलुकमा लगानीको उचित वातावरणा सिर्जना गर्न र समृद्धिको यात्रामा तदारुकताका साथ काम गर्न आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?