९ फाल्गुन २०८१, शुक्रबार
ताजा खबर

तोलामा ११ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नागरिक पोष्ट

बुधबार, ७ फाल्गुन २०८१

630 views

630 views

तोलामा ११ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडाैं, ७ फागुन । नेपाली बजारमा बुधबार पनि सुनचाँदीकाे मूल्य बढेकाे छ । मंगलबार ताेलामा ७०० रूपैयाँले बढेकाे सुनकाे भाउ बुधबार पनि प्रतिताेला ११ सय रूपैयाँले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ५०० सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला एक लाख ६९ हजार ४०० सय रुपैयाँ निर्धारण गरिएको थियो ।

यस्तै बुधबार चाँदी पनि ताेलामा १५ रूपैयाँले बढेर १ हजार नौ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी मंगलबार १ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?